Author: Himalaya Post

आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिन्छ : मुख्यमन्त्री शाही

मुगु – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले  मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताएका हुन् उनको विज्ञप्तिमा भनिएको छ,  “मुगुको छाँयानाथ नगरपालिका– १ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । सोमबार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आए पनि अर्बौंको धनमाल नष्ट भएको छ ।” आगलागीबाट २१ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मीलगायत स्थानीयवासीलाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहीले अल्पकालीन...

Read More

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड– २०७८ : कला क्षेत्रका हस्तीलाई सम्मान

काठमाडौँ – साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सो कार्यक्रम सम्पन्न भएको हो । अर्थ नेपाल प्रालिद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु रार्णा सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड अन्तर्गत नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान भएकी छन् । उनलाई समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत एवम् कार्यक्रम संयोजक मनोज थापाले उनलार्ई सम्मान गरेको हो । यसैगरी विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान आठ हजार ८४८ रुपैयाँसहित सम्मान गरिएको थियो भने सगरमाथा...

Read More

विप्लवका नेता कार्यकर्ता भन्छन्, बन्द रहर नभई बाध्यता हो

कञ्चनपुर –  नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थ सहित खाना पकाउने ईन्धनमा गरेको मुल्य बृद्धिको बिरोधमा नेकपा विप्लवले आज नेपाल नेकपा विप्लवले आज नेपाल बन्द गरेको छ। नेकपा विप्लवले केन्द्रीय पार्टीको निर्देशन अनुरुप कञ्चनपुरमा समेत नेपाल बन्दको प्रभाव परेको छ। मंगलबार बिहानैदेखि यातायात, शैक्षिक संस्था, उद्योग धन्दा कलकारखाना लगायतका अति आवश्यकीय सेवा बाहेक अन्य सबै बन्द भएका छन् । विप्लव कञ्चनपुरका नेता कार्यकर्ताहरुले बिहानैदेखि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सहित विभन्न स्थानमा टायर बालेर बन्द कडा हुने संकेत गरे । नेकपा कञ्चननपुरका युवा नेता दिपेन्द्र सिंह ऐरीले बन्द रहर नभई बाध्यता भएकाले सरकारले जनतालाई सेवा सुविधा दिनुको साटो अतिआवश्यकीय बस्तु...

Read More

मुगु आगलागी अपडेट : करोडौंको क्षति भएको पूर्व अनुमान

मुगु – गए राति मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा २० घर जलेर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको अनुमान गरिएको छ । राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट सुरु भएको आगलागी फैलिँदै जाँदा २० घर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको हो । आगलागीबाट ठिल्ले लामा, रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, झोम्वा लामा, एन्गल लामा, डम्बर मल्ल, र्तोचे लामा, गुरु लामा, टासी लामा, पृथ्वीजङ्ग शाह, छत्रबहादुर मल्ल, सकुन्तला शाही, विशाल मल्ल, लक्ष्मी शाही, पुतली शाही, कुशलाल सावत, गोमा मल्ल, छिरिङ्ग लामाका घर जलेर खरानी भए पनि मानवीय क्षति...

Read More

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

काठमाडौं – प्रदेश १  मुख्यमन्त्री राजेन्द्र राई आज विश्वासको मत लिने भएका छन् ।  राईले दुई दिनअघि प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी सूचना दर्ता गरेका थिए। उनले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने भएका छन् । यसअघि सभामुख प्रदीपकुमार भण्डारीले २३ कात्तिकमा प्रदेश सभाको बैठक बोलाएका थिए । तर, मुख्यमन्त्री राईको आग्रहमा आज दिउँसो १२ः३० बजेका लागि सारेका थिए । आज विश्वासको मत लिन लागेको नेकपा (एकीकृत समाजवादी) की सांसद सावित्राकुमारी रेग्मीले बताइन्। “विश्वासको मत नपुग्नेमा कुनै शङ्का छैन, हामी सत्तापक्षका सबै प्रदेश सभा सदस्य बैठकमा उपस्थित हुँदै छौं,” रेग्मीले  भनिन् । नेकपा (एमाले) विभाजन हुँदा...

Read More