Author: Himalaya Post

डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार

काठमाडौँ – डिशहोम फाइबरनेट काभ्रेको बनेपामा पनि विस्तार भएको छ । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डीएचटी प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको डिशहोम फाइबरनेट देशका विभिन्न सहर पछि बनेपामा पनि विस्तार भएको हो । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने डिशहोम फाइबरनेटको लक्ष्य रहेको कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको...

Read More

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाडौँ – नबिल बैँकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंक मार्फत ‘लेटर्स अफ क्रेडिट’, डकुमेन्टस् एगेन्स्ट पेमेन्टछ (डीएपी), डकुमेन्टस् एगेन्स्ट एक्सेप्टेन्स (डीएए), लोकल बैंक ग्रोन्टी आदि सुविधाहरु उपभोग गर्न सक्नेछन । यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्ने बैँकले जनाएको छ । सम्झौता पश्चात दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धि अन्य कारोबार समेत अगाडि बढाउने लक्ष्य राखिएको छ । साझेदारीकोबारेमा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी...

Read More

शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ – सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारले यही भदौ ७ गते पर्ने गाइजात्रा पर्वमा यसअघि काठमाडौँ उपत्यकाका लागि मात्र सार्वजनिक बिदा दिँदै आएकामा सो अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै बैठकले यही भदौ १४ गते कृष्णजन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले...

Read More

पाटी शिलान्यासबाट ‘ब्याक’ भए मेयर चिरीबाबु, भाषणमा भने ‘मानहानी’ हुने अभिव्यक्ति !

काठमाडौँ – जिल्ला अदालत ललितपुरको आदेशपछि पुल्चोकस्थित सडक पेटीमै समय फल्चा (पाटी) निर्माण गर्ने निर्णयबाट ललितपुर महानगरपालिका पछि हटेको छ । बिहीबार पाटी निर्माणका लागि शिलान्यासको तयारी भइरहेका बेला बुधबार जिल्ला अदालत ललितपुरले तत्कालका लागि निर्माण सम्बन्धी कार्य नगर्नू भन्ने अन्तरकालीन आदेश दिएसँगै महानगरले तत्काललाई स्थगित गरेको हो । यद्दपी उक्त ठाउँमा पार्टी बनाएरै छाडेने महानगरका मेयर चिरीबाबु महर्जनले जिकिर गरेका छन् । ‘हामी शिलान्यासको लागि तम्तयार भएर बसेको थियौँ । तर, अदालतले तत्काललाई शिलान्यासको कार्य नगर्नू भन्ने आदेश दियो ।’ उनले भने, ‘अदालतको निर्णयलाई हामी सम्मान गर्छौं । तर, आजको सट्टा एक, दुई वा तीन हप्तापछि होला, तर...

Read More

नेप्सेमा दोहोरो अङ्कको गिरावट, बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ बिन्दुले घटेर ५९०.१५ बिन्दुमा सीमित भएको छ । कूल २२९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल...

Read More