Author: Himalaya Post

ललितपुरका नगर प्रहरीलाई नेपाल भाषा सिकाइदैँ

ललितपुर– ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगर प्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ । महानगरपालिकामा धेरैजसो नेवारी समुदायको बसोबास रहँदा प्रहरीलाई काममा सो भाषाले सहजता तुल्याउन ठहर गरी दुईहप्ते प्रशिक्षण दिन सुरु गरिएको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगर नेवारी बस्तीमा नेपाल भाषा प्रयोग गरेर आफूहरूले काम गर्दा अपनत्वको व्यवहार पाएसँगै सो भाषा जान्न अति नै आवश्यक रहेको बुझी सोमबारदेखि आउँदो असोज ३ गतेसम्म सिकाइने भएको बताए । उनले भने, ‘यहाँ बसोबास गर्ने कैयौँ वृद्धवृद्धामा नेपाली भाषाको ज्ञान अभाव पाएसँगै उहाँहरूको समस्या सुन्न र बुझ्नसमेत यसले सहयोग गरेको छ ।’ हरेक मानिसले आफू कार्यरत स्थानको...

Read More

मुक्त हलियालाई आत्मनिर्भर बनाउन योजनाबद्ध रूपमा अगाडि बढ्छौँ : मुख्यमन्त्री भट्ट

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलियालाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाइने बताएका छन् । सोमबार पुर्नवास नगरपालिका–९ सीताबस्तीमा १३औँ हलिया मुक्ति दिवसका अवसरमा उनले मुक्त हलिया परिवारलाई आयआर्जनसँग जोडेर स्वरोजगार बनाइने बताएका हुन् । प्रदेश सरकारले समाजमा पछाडि परेका वर्गहरुको उत्थानलाई लक्ष्य गरी ल्याउन लागेको कानून निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। पुनःस्थापन, छुट मुक्त हलियाको अभिलेखीकरण, वृत्तिविकास, सहुलियत ऋण प्रदान गर्नेलगायतका काम छिट्टै अगाडि बढाइने उनले जनाएका हुन् । ‘मानव जाति रहँदासम्म सङ्घर्ष जारी रहन्छ’, उनले भने, ‘सामाजभित्रको गलत चिन्तन परिवर्तन नहुँदासम्म कानुनमात्रै बनाए पुग्दैन ।’ यसका लागि साझा सङ्घर्षको उठान गर्नु जरुरी रहेकोमा...

Read More

राष्ट्र बैंकको अर्थमन्त्रीलाई जवाफ : ‘मौद्रिक नीति तत्काल पुनर्विचार हुँदैन’

काठमाडौँ– नेपाल राष्ट्र बैंकले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट पारेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेसंगै सेयर लगानीकर्ताको गुनासो सुनुवार्ई गर्दै सोमबार अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । सोहिको प्रतिक्रियामा राष्ट्र बैंकले शेयर बजार हेरेर मौद्रिक नीति तत्काल पुनर्विचार नहुने स्पष्ट पारेको हो । बैंकका मौद्रिक नीति प्रत्येक ३/३ महिनामा मात्रै पुनरावलोकन गर्ने गरिएकोले तत्काल पुनर्विचार बैंकले जनाएको छ...

Read More

मनसुनी गतिविधि केहि दिन अझै बढ्ने

काठमाडौँ– अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको...

Read More

नेपाल भर्सेस पीएनजी : कुशलसहित तीन जनाको डेब्यू, यस्तो छ नेपालको ‘प्लेइङ-११’

काठमाडौँ – पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय खेलमा नेपालका तीन खेलाडीले डेब्यू गरेका छन् । मंगलबार युवा ब्याट्सम्यान कुशल भुर्तेल, आशिफ शेख र मध्यम गतिका बलर विक्रम सोबले नेपालका लागि एकदिवसीयमा डेब्यू गरेका हुन् । कुशल र आशिफले गत वैशाखमा काठमाडौँमा सम्पन्न नेदरल्याण्ड, मलेसियासम्मिलत त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रियमा नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । तर, एकदिवसीयमा डेब्यु गरेका थिएनन् । यस्तै विक्रम सोबले पनि एकदिवसीयमा डेब्यू गरेका छन् । यस्तो छ नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, शरद् भेषवाकर, आरिफ शेख, रोहित पौडेल, पवन सर्राफ, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, विक्रम सोब...

Read More