Author: Himalaya Post

मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी हुँदैन : मन्त्री ज्ञवाली

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशवर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी नहुने बताएका छन् । जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले न्यायको अनुभूति पीडित गराउने गरी सरकारले काम गरिरहेको बताए । “बााहिर आशङ्का गरिएजस्तो गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी हुँदैन”, मन्त्री ज्ञवालीले भने, “पीडितले न्याय नपाउँदासम्म सङ्क्रमणकालीन न्याय पूरा हुँदैन, त्यसका लागि सरकारले काम गरिरहेको छ ।” उनले न्याय पैसासँग साट्ने नभएको स्पष्ट पार्दै परिवारका सदस्यको सहयोगका लागि परिपुरणको माध्यमबाट सहयोग गर्न खोजिएको बताए । मन्त्री ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका...

Read More

एआइजी पोखरेललाई पहिलो नम्बरका एसएसपी भण्डारीको बधाई (तस्बिर)

काठमाडौँ – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा बधाई तथा शुभकामना दिइएको छ । यसअघि कार्यालयकै प्रमुखका रुपमा नेतृत्व गरेका एआईजी पोखरेललाई वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सन्दीप भण्डारी लगायत मेट्रोका प्रहरी अधिकारीहरुले बधाई तथा शुभकामना दिएका हुन् । वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीको कार्याकालपछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने बाटो खोल्दै एआइजीमा बढुवा भएका पोखरेललाई एसएसपीहरुमा पहिलो नम्बरमा रहेका भण्डारीले सफल कार्यकालको शुभकामनासहित बधाई दिएका हुन् । पोखरेललाई गत मंसिर २५ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । आफ्नो ब्याचबाट एआईजीमा बढुवा हुने पोखरेल एकल...

Read More

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले सोमबार रु छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल रु चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ । सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते रु १७ अर्ब २६ करोड बराबरको...

Read More

यू-१९ विश्वकपको रोडम्याप सार्वजनिक, नेपालले एशिया छनोट खेल्नुपर्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आगामी यू–१९ विश्वकपको रोडम्याम सार्वजनिक गरेको छ । तालिकामा हेरफेर गर्दै आइसीसीले आइतबार सन् २०२२ मा वेष्टइण्डिजमा हुने १४ औँ संस्करणको यू–१९ विश्वकपको रोडम्याप सार्वजनिक गरेको हो । आइसीसीका अनुसार सन् २०२२ को यू–१९ विश्वकपमा १६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सन् २०२० को यू–१९ विश्वकपका उत्कष्ट ११ वटा टेस्ट राष्ट्र र ५ वटा क्षेत्रीय छनोटबाट आउने टिम हुनेछन् ।सिधै विश्वकप खेल्न पाउने टेस्ट राष्ट्रमा आयोजक वेष्टइण्डिजसहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंगल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन् । क्षेत्रीय छनोटका लागि आइसीले ५ वटा समूह विभाजन गरेको छ । जसमध्ये...

Read More

नेप्सेमा ४६.४३ अंकको वृद्धि

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४६.४३ विन्दुले उकालो लागेर दुई हजार १०.४५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ ले उकालो लागेर ३८२.११ मा पुगेको छ । नेप्सेमा देखिएको उच्च अङ्कको वृद्धिसँगै कारोबार रकमसमेत झण्डै रु पाँच अर्ब बराबर भएको छ । कूल २०३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता शेयर रु चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ मा कारोबार भयो । साताको पहिलो दिन अघिल्ला सातामा जस्तै बजार उकालो...

Read More