Author: Himalaya Post

मन्त्रिपरिषद्को निर्णय : व्यवसाय निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा

काठमाडौँ – सरकारले कोभिड–१९ बाट प्रभावित भएका व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको महारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायको श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराउने भएको हो । यसका लागि मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ पारित गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कात्तिक २७ र मङ्सिर ३ गते भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले कर्जा प्रभावका...

Read More

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै

वासिङ्टन – अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ बर्षमा प्रवेश गरेका हुन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने जनाइएको छ । यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ बर्ष ३४९ दिनका थिए । अहिलेसम्म उनलाई नै सबैभन्दा बुढो राष्ट्रपति मानिदै आएको थियो । उमेर र स्वास्थ्य दुवै दृष्टिकोणले बाइडेनभन्दा ट्रम्प चार बर्ष कान्छो भएको समाचारमा उल्लेख गरिएको छ । उमेरको हिसाबले बाइडेन बृद्ध भएपनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उनी रहेको र उनको परिपक्वताले थप...

Read More

एकैदिन ५३६४ जनाले जिते कोरोना, कतिमा देखियो संक्रमण ?

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ३ सय ६४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यससंगै हालसम्म निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ८८ प्रतिशत हो । यस्तै गत २४ घण्टामा १ हजार ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १६ लाख ४८ हजार ८ सय ९९ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा७ सय...

Read More

उपरथीमा बढुवा भएका ढकाल र खड्कालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ – उपरथी दर्जामा बढुवा भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उनीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मंसिर ३ को मन्त्रिपरिषद्को बैठकले ढकाल र खड्कालाई उपरथीमा बढुवा गरेको थियो । उपरथी दर्जामा बढ्वा भएका उपरथी सन्तोष कुमार ढकाललाई पूर्वी पृतना हेडक्वार्टरको पृतनापति तथा उपरथी सहदेव खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ । नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका ४ जना महा–सेनानीहरुलाई समेत दर्ज्यानी...

Read More

संसदीय टोली शे–फोक्सुण्डो निकुञ्जमा

डोल्पा – प्रतिनिधिसभा,कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसहितको संसदीय टोली यहाँ आएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण समितिका सदस्य भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रीको टोली शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो । सो टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नाका साथै निकुञ्जका विषयमा स्थानीयबासीसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। टोलीले निकुञ्ज क्षेत्रका विभिन्न गाउँवस्तीमा बसोवास गर्ने स्थानीयसँग संरक्षणका गतिविधिमा छलफल गर्ने जनाइएको छ । निकुञ्जका निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, “निकुञ्जको मुख्य क्षेत्रमा मात्रै २४ गाउँबस्ती छन् । स्थानीयबासी आवश्यकता र विकास निर्माणका कुरा छन् ।...

Read More