Author: Himalaya Post

मतपत्र छपाइलाई त्रुटिरहित बनाउनुस् : डा यादव

काठमाडौँ, १७- असोज / निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण, तालीम र प्रशिक्षण शुरु गरेको छ । सो क्रममा मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन सबै ठूलो जिम्मेवारी भएकाले कुनै त्रुटि हुन नदिन जिम्मेवार भई होशियारीपूर्वक काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हामी सार्वभौमसत्तासम्पन्न संसद्को निर्वाचनको क्रममा छौँ, निर्वाचनमा सबैभन्दा संवेदनशील सामग्री भनेको मतपत्र नै हो, छपाइ गर्ने, क्रम संख्या मिलाउने, गुणस्तर कायम गर्ने र बण्डल बनाउने काम चुस्त र व्यवस्थित रुपमा हुनुपर्छ...

Read More

वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने : राज्यमन्त्री चौधरी

  दाङ, १६-असोज /  श्रम राज्यमन्त्री डिल्ली चौधरीले वैदेशिक रोजगारमा जाने युवा श्रमिकको संख्या क्रमशः घटाउँदै लैजाने बताउनुभएको छ । नेपाली काँग्रेस तुलसीपुर–४ ले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्नका लागि सरकार अग्रसर भएको छ ।” राज्यमन्त्री चौधरीले भन्नुभयो, “दैनिक सयौँ युवा विदेशिन बाध्य छन्, नेपालमै सीपमूलक तालीम दिइ युवालाई यहीँ रोजगार दिन सकिन्छ, त्यसतर्फ सबै लाग्नुपर्छ ।” सरकारको पहिलो प्राथमिकता चुनाव भएको र प्रदेश एंव केन्द्रको चुनावमा सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको उल्लेख गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयनसँगै देशमा आर्थिक विकास हुने बताउनुभयो...

Read More

राजनीतिक समूह सूर्य चिह्न लिएर सहभागी हुने

काठमाडौँ, १६-असोज  / नेकपा (एमाले) र स्वतन्त्र राजनीतिक समूहका बीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ । स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ, स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन्”, आज जारी विज्ञप्तिमा भनिएको छ, “ तराई–मधेशसमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी हुनेछ ।” विज्ञप्तिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल तथा समूहका तर्फबाट राजपाका नेता हृदयेश त्रिपाठी (नवलपरासी), विके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु) र जगदीश शुक्ला (बाँके) ले हस्ताक्षर...

Read More

दशैं आयो : साइँली औंला देखी बुढी औंला सम्मको अर्थ

पृथ्वी, जल, तेज, वायु र आकाश । हाम्रा हातका पाँच औंलाले सृष्टीका यी पाँच तत्वको प्रतिनिधित्व गर्छन् । मुद्रा चिकित्सामा यसको विशेष महत्व छ । यसबाहेक महान चाड दशैंसँग पनि यी पाँच औंलाको साइनो छ । जब दसैं आउँछ, तब हातका औंला क्रमशः भाँच्दै हामी भन्छौं, ‘दशैं आयो, खाउँला पिउँला   कहाँ पाउँला, चोरी ल्याउँला धत् पापी छुट्टै बसौंला’ यो उक्तिले हाम्रो समाजको वर्गीय अवस्था पनि झल्काउँछ । कान्छी औंलाः दशैं आयो ‘आयो’ शब्द हामीले सानैदेखि सुन्दै आएका छौं । यो शब्द कहिले खुशी, कहिले समस्या त कहिले भयको सन्दर्भमा हाम्रो जीवनमा दोहोरिइरहन्छ । ‘भुइँचालो आयो’, ‘बिजुली आयो’, ‘बाढी...

Read More

आज विजया दशमी, सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना

-उपप्राध्यापक नारायणप्रसाद निरौला- ज्योतिषाचार्य  आज विक्रम संवत् २०७४ साल आश्विन १४ गते शनिबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को विजया दशमी  तिथि  राति १०।५९   बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् ।  उत्तराषाढा नक्षत्र बेलुका ५।५ बजेसम्म रहने छ ।  यसैगरी आज  अतिगण्ड योग र तैतिल करण रहेको छ । सूर्योदय प्रातः ५।५६ बजे छ भने सूर्यास्त बेलुका ५।४९ बजे हुने छ । आज चन्द्रमा मकर राशिमा रहने  छन् । आज विजया दशमी । दिन भर नै टीका प्रसादका निम्ति शुभ साइत रहने छ । आज  अपराजित जया विजयाको विशेष पूजा  गरिन्छ । भगवान श्रीरामले रावणमाथि विजय प्राप्त गरेको धार्मिक ऐतिहासिक प्रसङ्ग पाइन्छ ।  यस दिन हर्षोल्लास पूर्वक मान्यजनबाट आशीर्वाद स्वरूप भगवतीको टीका प्रसाद जमरा ग्रहण गर्ने चलन रहिआएको छ । यसैगरी ज्योतिषीय दृष्टिले पनि विजया दशमीको विशेष महŒव रहेको छ । विजया दशमीको दिनभरी नै शुभ साइत हुन्छ । कुनै विशेष समय जुराउनु पर्दैन । शुभ कार्यको आरम्भ गर्न पनि यो दिन उत्तम रहेको कुरामुहूत्र्त चिन्तामणिमा उल्लेख छ । नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गादेवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ । भक्ति भाव पूर्वक भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय विधान छ । आफूभन्दा ठुला मारुन्यजनबाट आशीर्वाद लिने क्रममा विशेष आशीर्वचन  दिने...

Read More