Author: Himalaya Post

एकताको चर्चाले देखियो प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश

जितपुर, कपिलवस्तु, १८-असोज / नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ । स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी केन्द्र) एकाएक नेकपा (एमाले) सित चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो । यसको प्रभाव गाउँगाउँसम्म परेको छ । काठमाडौँमा तीन वामपन्थी दलको एकताको घोषणा भइरहँदा यता कपिलवस्तुमा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार ५०० नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले कपिलवस्तुले मंगलबार पकडीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित प्रभावशाली नेता एमालेमा प्रवेश गरेका...

Read More

बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते

नुवाकोट, १७-असोज / विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् । त्रिशूलीबाट काठमाडौँ जान लागेको ना ६ ख ८१४७ नंको बस र काठमाडौँबाट नुवाकोट हुँदै केरुङ जान लागेको बा ३ ख नं कन्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा कन्टेनर चालक रसुवा जिल्ला धैबुङका २४ वर्षीय कुमार न्यौपाने, बस चालक नुवाकोट गणेशस्थानका ३४ वर्षीय सन्तोष अधिकारी र अन्य नौ यात्रु घाइते भएकाले उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अहिले जिल्ला अस्पताल, त्रिशूली, सिटी अस्पताल विदुर र सञ्जिवनी अस्पताल, बट्टारमा उपचार भइरहेको छ ।  घाइतेमध्ये केहीको शल्यक्रियासमेत गर्नुपर्ने भएकाले थप उपचारका लागि काठमाडाँै पठाइने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले बताउनुभयो । बस आज बिहान ३५ जना यात्रु लिएर त्रिशूलीबाट काठमाडाँै जान लागेको थियो ।...

Read More

सबै दलबीच सहकार्य आवश्यक : डा शशांक

नवलपरासी, १८-असोज /  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नवलपरासीको देवचुलीमा नेपाली काँग्रेस देवचुली नगरकार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गर्नुभयो । सोही अवसरमा बोल्दै महामन्त्री कोइरालाले यसका लागि आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।...

Read More

सडकबाट उद्धार गरिएका असहायसँग सामूहिक दशैँ

रत्ननगर, चितवन, १८-असोज / सडकबाट उद्धार गरिएका मानवसेवा आश्रम, चितवनमा आश्रित असहायसँगै सामूहिक दशैँ मनाइएको छ । विजया दशमीको चौथो दिन मंगलबार साँझ आश्रमका अभिभावक भेला भएर सामूहिक दशैँ मनाइएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । सडकबाट उद्धार गरिएका ५२ जना मनोरोगी र सडकबाट उद्धार गरिएका तथा आश्रममै जन्मिएका गरी ३२ जना बालबालिकासँगै मंगलबार सामूहिक दशैँ मनाइएको हो । बालबालिका गोरखामा बस्ने गरेपनि दशैँ मनाउन यहाँ आएका थिए । मंगलबार उनीहरुलाई आश्रममा भेला भएका अभिभावकले टीका र जमरा लगाई आशीर्वाद दिएर दशैँ मनाइएको थियो । अभिभावकले उनीहरुलाई गच्छेअनुसार दक्षिणासमेत दिएका थिए । आश्रमका अभिभावक कृष्णराज धरेलले यसरी सामूहिक दशैँले भाइचाराको समेत विकास हुने र आश्रममा रहेका लक्ष्मी—नारायण ( महिला तथा पुरुष आश्रित) लाई समेत सकारात्मक प्रेरणा मिल्ने बताउनुभयो । यसअघि सोमबार आश्रमले हेटाँैडामा रहेको मुख्य कार्यालयमा यसैगरी सामूहिक दशैँ मनाएको थियो । धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमासम्म नै दशैँको टीका लगाउने चलन छ । मंगलबार भरतपुरमा भएको कार्यक्रममा मानवसेवा आश्रम भौतिक प्रवद्र्धन परिवार, चितवनका संयोजक प्रेमकुमार श्रेष्ठ, आश्रमका अभिभावक महेश्वरी थापा, संगीता भट्टराई, ओमकार कँडेल, गणशेखर शर्मालगायतको सहभागिता रहेको थियो । आश्रमको हेटाँैडासहित चितवन, काठमाडौँ, गोरखा, लमजुङ, पर्सा, ललितपुर, बागलुङमा रहेका शाखामा गरी हाल सडकबाट उद्धार गरिएका ३२२ जना असहायले सेवा पाइरहेका छन् । उनीहरुलाई देशविदेशमा रहेका नेपालीको सहयोगमा आश्रमले पालनपोषण तथा उपचार गर्दै आएको छ । २०६९ सालमा सेवा शुरु गरेको आश्रमले अहिलेसम्म सडकबाट उद्धार भएका २०० जनालाई परिवारमा पुनःस्थापित गरिसकेको छ । विसं २०८२ सम्म नेपाललाई...

Read More

मुस्ताङको भम्रण गर्ने बढेपछि बेनीका होटल भरिभराउ

म्याग्दी, १७- असोज / बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् । दशँैे बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन् । दशँैको टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुस्किल परेको बेनीस्थित होटल शिखरका सञ्चालक सुजन बरुवालले बताउनुभयो । दशँै बिदामा मुस्ताङ भम्रण गर्नेले बास बस्न बेनीका होटलमा अग्रिम बुकिङसमेत गर्न थालेका छन् । पर्यटकको चाप बढेपछि बेनीका ठूला तथा साना होटल पाहुनाले दैनिकजसो भरिभराउ हुन थालेका हुन् । मुस्ताङको प्रसिद्ध...

Read More