काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् तथा प्रशारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैं मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने समेत बताए । उनले विद्युत् प्राधिकरणको राय सुझावको आधारमा ‘टेक अर पे’ व्यवस्था संशोधनका लागि अर्थ मन्त्रालयमा पत्र नै पठाइएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपालले बिजुली निर्यात गरी मुलुकको व्यापार घाटा घटाउन सकिने भएकाले ऊर्जा क्षेत्रको बजेट त्यसतर्फ केन्द्रित रहेको पनि मन्त्री खड्काले बताए । उनले भारत, बंगलादेश र चीनसम्म विद्युत् निर्यात गर्न आवश्यक प्रशारण संरचना निर्माण अघि बढाइएको उल्लेख गरे ।

भारतीय प्रशारण लाइनको उपयोग गरी बंगलादेशमा थप विद्युुत् निर्यातको पहल भइरहेको उनको भनाइ छ । उनले सन् २०३० भित्र लम्की बरेली र इनरुवा ४०० केभि प्रशारण लाइन निर्माण संयुक्त कार्यक्रम स्थापना प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

त्यस्तै मन्त्री खड्काले उद्योगीहरूसँगको बक्यौता उठाउनका लागि प्रक्रियागत रुपमा अघि बढ्ने भन्दै भ्रम नराख्न आग्रह पनि गरे ।