काठमाडौं –  पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


 

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ७२६ पुगेको छ । नयाँ पहिचान भएकामा दैलेखका पाँच, जाजरकोट, सल्यानका दुई/दुई, मुगु, सुर्खेत र रुकुम पश्चिमका एक जना रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


 

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो चौबिस घण्टामा १३ जना संक्रमित कोरोना निको भई घर फर्किएको बताए । प्रदेश अस्पताल सुर्खेतबाट एक, नारायण आइसोलेसन सेन्टरबाट एक, महाबु आइसोलेसन सेन्टरबाट दुई, बनगाड कुपिन्डे आइसोलेसन सेन्टरबाट नौ जना संक्रमणमुक्त भई घर फर्किएका हुन् । योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या एक हजार ४८८ पुगेको छ ।

 

हाल कर्णालीमा २३२ जनामात्र कोरोनाका सक्रिय बिरामी छन् । उनीहरुको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ ।