काठमाडौं– फेन्सिङका राष्ट्रिय खेलाडी ओमकर सिंहले ‘ड्रिम टुगेडर मास्टर्स प्रोग्राम’ अन्तर्गत दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटीमा खेल व्यवस्थापनमा स्नाकोत्तर अध्ययनका लागि त्यसतर्फ जाने भएका छन् ।


ADVERTISEMENT


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार एक समारोहबीच उनको बिदाइ गरे । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले कमिटीको उद्देश्य खेल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन रहेको बताए ।


ADVERTISEMENT

# # #


सिंह कमिटीको सिफारिसमा यस अध्ययनका लागि एसोसियसन अफ नेसनल ओलम्पिक कमिटी (एएनओसी)ले छनोट गरेको हो । स्नाकोत्तर अध्ययन दुई वर्षका लागि हुनेछ ।