काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ललितपुरको महालक्ष्मी नगरपालीका–१० लाकुरीभञ्ज्याङमा निर्माण भइरहेको मनमोहन मेमोरियल टावर तथा पार्कको अवलोकन गरेका छन् ।
शुक्रबार सो क्षेत्रका जनप्रतिधिसहित सभामुख घिमिरेले मनमोहन मेमोरियल टावर तथा पार्कको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा सभामुख घिमिरेले लालिगुरासको विरुवा रोपेका थिए । उनले पर्यटनको हिसावले अकर्षणको रुपमा विकास गर्ने नगरपालीकाको पहल राष्ट्रको हित र समृद्ध बनाउने सुरुवात भएको बताए ।
नेपालकामा रहेका प्राकृतिक क्षेत्रको अध्ययन अनुसन्धान गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने उनको भनाइ छ । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले मनमोहन मेमोरियल टावर तथा पार्क क्षेत्रमा विभिन्न विभूतीहरुको शालिक राख्ने र मनमोहन अधिकारीको जीवनी समेत राखिने जानकारी दिए ।