काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १६.२९ अङ्कले उकालो लागेर २ हजार ५३.३८ मा पुगेको छ ।


ADVERTISEMENT


ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०१ अङ्कले उकालो लागेर ३६१.७७ मा पुगेको छ । कूल ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता शेयर रु दुई अब ९९ करोड ९९ लाख ६५ हजार २१ मूल्यमा खरिद बिक्री भएको छ ।


ADVERTISEMENT

# # #


नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी ९.७४, दोर्दी खोला जलविद्युत् कम्पनी ८.४७, कर्पोरेट डेभलपमेन्ट बैङ्क ७.५२, हिमालयन बैङ्कको ऋणपत्र ७.४८ र सानिमा बैङ्कको ऋणपत्रका लगानीकर्ताले ७.० सात प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी ८.४४, स्वाभिमान लघुवित्त ३.९७, कुमारी सबल योजना ३.६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३.७४३ प्रतिशतले गुमाएका छन् ।