काठमाडौँ – नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT


काठमाडौंको प्रज्ञा भवनमा जारी महाधिवेशन अन्तर्गत बन्द सत्रमा अध्यक्षको राजनीतिक लगायत विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको हो । प्रतिवेदनहरुमाथि विभिन्न समूहमा मंगलबार दिउँसोसम्म छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


समूहगत छलफलपछि मंगलबार नै सामूहिक निष्कर्ष प्रस्तुत हुने भन्दै त्यसका आधारमा परिमार्जन गरी प्रतिवेदन पारित गर्ने बताए । उनले विभिन्न प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए । नयाँ नेतृत्वका चयनका लागि सहमतिको अधिकतम प्रयास गर्ने र सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने गरि तयारी गरिएको खतिवडाले बताए ।

यसअघि सोमबार नै समाजवालीले महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ ।

नयाँ नेतृत्व चयन गर्दै नेकपा एकीकृत समाजवादीको महाधिवेशन असार २० गतेसम्म सम्पन्न गर्ने तय भएको छ ।