काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको पुराना संरचनालाई व्यवस्थित गर्न ध्यान केन्द्रित गरेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार मन्त्रालयमा सञ्चारकर्मीसंग छलफल गर्दै उनले अहिलेको राजनीतिक स्थिरताका कारण नयाँ पूर्वाधार निर्माणमा भन्दा पनि भएरहेका पूर्वाधारहरुर्लाइ व्यवस्थित गर्दै स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान केन्द्रित गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


राजनीतिक तरंगले आफुलाई कुनै फरक नपार्ने भन्दै मन्त्री यादवले आफू पदमा रहेसम्म यस क्षेत्रको सुधारमा लाग्ने उनले बताए । उनले सरकारी अस्पतालमा बेडको अभाव हटाउने, सहूलियत रुपमा औषधी विबरण हुनुपर्ने भएकाले आफु निरन्तर अनुगमनमा हिडेको र केहि सुधारका संकेत प्राप्त भएको उल्लेख गरे ।

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावलाई ध्यान दिदै ९२ हजार भन्दा बढि जनशक्ति थप गर्ने गरी अर्थमा प्रस्ताव पठाएको बताए । उनले स्वास्थ्य बीमामा देखिएको समस्यालाई पनि समाधान गर्ने गरी अघि बढेको दाबी गरे ।