काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका लागि कांग्रेस–एमालेबीच भएको सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेबीच संविधान संशोधन गर्ने मुख्य बुँदामा सहमति भएको खबर सुनेको भन्दै त्यसो हो भने नयाँ सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको जानकारी दिए । लिङ्देनले राप्रपाले लामो समयदेखि संविधानमा आमूल परिवर्तन गर्नुपर्ने अडान राखिरहेको अवस्थामा संविधान संशोधनलाई नै आधार बनाएर भएको नयाँ सहमति स्वागतयोग्य रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले बैठकमा अहिले विकसित राजनीतिक घटनाका क्रममा विषयमा प्रारम्भिक छलफल भएको भन्दै तत्काल ठोस धारणा बनाएर जान उपयुक्त हुँदैन भन्ने निष्कर्ष रहेको जिकिर गरे । संविधान संशोधनको प्रक्रिया, नयाँ गठबन्धनको स्वरुप हेर्न बाँर्की रहेकाले सरकारबोरमा आगामी दिनमा आवश्यक धारणा तय गर्ने उनले बताए ।

लिङ्देनले अहिलेको जस्तो राजनीतिक प्रणाली, संसदीय गणित र दलहरुको चरित्रमा गठबन्धन फेरबदलको घटनाहरु भइरहने जिकिर गरे । कांग्रेस–एमालेको गठबन्धन हेर्दा तीन वर्ष चल्नसक्ने जस्तो लागे पनि ६ महिनामा पनि परिवर्तन हुन सक्ने उनको भनाइ छ ।