काठमाडौँ– रास्वपाका महामन्त्री डा. मुकुल ढकाललाई पार्टीका सभापति रवि लामिछानेले आफ्नो प्रस्ताव पेश गर्ने अनुमति नदिएको पाइएको छ ।


ADVERTISEMENT


जारी केन्द्रीय समितिको बैठकमा आफ्नो प्रस्तावसहित सहभागी महामन्त्री ढकालको लिखित प्रस्ताव लामिछानेले पेश गर्न रोकेका हुन् । समीक्षा प्रतिवेदनका आधारमा आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेको प्रस्ताव हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएपनि आज सभापति लामिछानेले रोकेका ढकालले बताए ।


ADVERTISEMENT

# # #


बैठकमा महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बाचन गरेका थिए । प्रतिवेदन पढिसकेपछि अहिले खाजा ब्रेक भएको छ । खानापछि सुरू हुने बैठकमा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा यही ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन् ।

साथै रास्वपा रवि लामिछानेको मात्रै पार्टी नभएको भनाईसहित लिखित प्रतिवेदन तयार पारेका उनले भने, ‘‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन ।’

प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख रहेको उनको भनाई छ ।

आज बसेको बैठकमा ढकाल कालो टेप लगाएर सहभागी भएका थिए । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोध मुखमा कालो टेप बताए । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको उनको जिकीर छ ।