काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अव बन्ने कांग्रेस एमालेको सरकारले भ्रष्टाचारका फाइल खोज्न कुनै पूर्वाग्रह नराख्ने बताएका छन् ।
बुधबार कांग्रेस बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले भ्रष्टाचार नियन्त्रणमा नयाँ बन्ने सरकारले कुनै पूर्वाग्रह नराख्ने र प्रक्रियामा भएका फाइल खोल्ने बताए ।
भ्रष्टाचारको फाइल खालेकै कारण सरकार परिवर्तन भएको गृहमन्त्रीको टिप्पणीको जवाफ दिदै उनले अहिले पनि वर्तमान सरकार कायमै रहेकाले अन्य भ्रष्टाचारका फाइल खोल्न चुनौती दिए।
उनले गृहमन्त्रीलाई भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ। कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न। भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ।’
यस्तै, शर्माले एमालेसंग भएको सात बुँदे सहमतिले मुलुकलाई स्थीरता र समृद्धिको बाटोतर्फ अघि बढाउने दावी गरे । ४७ सालको संविधान व्युताउने तयारीको चर्चा गलत भएको भन्दै उहाले अग्रगामी परिवर्तनकै लागि संविधान संशोधन हुने बताए ।
उनले संविधान संशोधनका लागि दुईतिहाई चाहिने भएकाले सवै दलहरुसंग छलफल र सहकार्य गर्ने जिकिर गरे ।



























































