काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।


ADVERTISEMENT


आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेको वक्ता डा. प्रकाशशरण महतले बताए।


ADVERTISEMENT

# # #


बैठकले एमालेसंगको सहकार्य सहमति अनुमोदन गरेको बताउँदै उनले राष्ट्रिय सहमतिय सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष केपी ओली र दाश्रो कार्यकाल सभापति देउवाले आगामी निर्वाचन सम्पन्न नभएसम्म नेतृत्व गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस–एमालेबीच सरकार गठनको सहमति भएपछि स्वभाविक रुपमा मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले साना दल मिरेर सरकार बनाउदा मुलुममा अस्थीरता देखिएको भन्दै ठूला दलहरु मिलेर सरकार बनाउनु व्यवहारिक देखिएको धारणा व्यक्त गरे ।