धनुषा – धन्षाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मिपुरबाट १ थान मेड इन युएसए लेखिएको पेस्तोल, गोली ६ राउण्ड र १ थान म्याग्जिन सहित एकजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्रउा पर्नेमा भारतको बिहार सितामढी ग्राम पन्चायत बैरगिनिया–५ बस्ने २७ वर्षीय महमद अनवर खान रहेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

साथै उनले प्रयोग गरेको वीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।