काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्याहरु दिर्घकालीन रुपमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथौ राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको बिकासका लागि महत्वपूर्ण पिलरको रुपमा रहेको भन्दै यस क्षेत्रमा देखिएका समस्याको दिर्घकालीन रुपमा समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।


ADVERTISEMENT

# # #


वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्यालाई बुझ्ने र समाधान गर्ने प्रयासहरु सुरु भइसकेको उनले बताए । मन्त्री पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको समेत बिकास हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको धारणा राखे ।

नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तराष्ट्रियकरण गर्न सके धेरै भन्दा धेरै पर्यटकहरु भित्रने उनको जिकीर छ ।

उनले अहिलेको सरकार सरकारले सुरु गरेका पर्यटन क्षेत्रको सुधारका कामलाई अर्को सरकारले निरन्तरता दिने अवस्था सिर्जना गर्ने धारणा समेत व्यक्त गरे ।