पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् ।


ADVERTISEMENT


पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार छुटेका उनी आजै जिल्ला अदालत काठमाडौँ उपस्थित हुन काठमाडौँ आउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो । अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । उनी  बिहीबार रातिपोखरा नै बसेका थिए ।