काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले वर्तमान सरकार उल्टो बाटोमा हिड्न खोजेको बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै केसीले समयमा नै संसद नबोलाई अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिड्न खोजेको बताएका छन् ।
उनले सदन खोलेपछि पनि सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउन नसकेको उल्लेख गरे । अर्थतन्त्र उकास्नका लागि अध्यादेश ल्याएको भनेपनि राजनीतिक दलको चरित्रले मुलुकको अर्थतन्त्र सुध्रन सक्ने अवस्थामा नरहेको उनले बताए ।
उनले सत्ता र शक्तिमा बस्नेहरु भ्रष्टाचारको मतियार भएको आरोप लगाए । अध्यक्ष केसीले देश र जनताका लागि नभइ मुठिभर व्यक्तिको रक्षाका लागि अध्यादेश ल्याएको जिकिर गरे ।


























































