काठमाडौँ– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सभाले ३० प्रतिशत नगद लाभांश समेत स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT


आज कम्पनीको ३१ औं वार्षिक साधारण सभाको अवसरमा सभाले ३० प्रतिशत नगद लाभांश स्वीकृतको घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


समारोहमा बोल्दै सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

उनले कम्पनी मर्जर पश्चात् नेपाली बीमा बजारमा आफ्नो छुट्टै पहिचान वनाई बीमितहरुको आकांक्षा अनुरुप उच्चस्तरको बीमा सेवा प्रवाह गर्ने र उच्चतम प्रतिफल दिने लक्ष्यलाई साकार पार्न कम्पनी सफल भएको बताए ।