काठमाडौँ– जाजरकोट, बझाङ्ग र डोटीमा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइ स्थापना हुने भएको छ ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले भूकम्पपछिको क्षति आकँलन, पुर्ननिर्माण र पुर्नस्थापना गर्न पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइ स्थापना गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


आगामी फागुन २३ गते बझाङ्ग, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको छ ।

गृहमन्त्री रमेश लेखले भूकम्पपछिको पुर्ननिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङ्गमा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्नेे तयारी गरिएको जानकारी दिए ।

बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरहरुको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको कार्य भएको उनले बताए ।

गृह मन्त्रालयले जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । जाजरकोटमा गत २०८० कार्तिक, बझाङ्गमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो ।