काठमाडौँ– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारवाहीप्रति असन्तुष्टि जनाएका छन् ।


ADVERTISEMENT


अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता एकीकृत विकास समितिको ३१ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बागमती सभ्यतालाई कायम राख्न बिभिन्न क्रियाकलाप भएपछि प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।


ADVERTISEMENT

# # #


विकास समितिले बागमती सम्यतालाई कायम राख्नका लागि काम गरेपनि त्यसलाई व्यवस्थीत गर्न नसकेको आम गुनासो रहेको उनले बताए ।

सिंहले बिभिन्न स्थानमा ढलहरु बनाएपनि बागमतिमा नै ढल मिसिनुको कारण लेखाजोखा गर्नुपर्नेमा जोड दिए । अब खाली प्रचारबाजीका लागि नभइ जनताले महशुस गर्नेगरी काम गर्नुपर्ने उनको धारणा छ ।

अहिले सम्पन्न गरिसकेको योजनाहरुका बारेमा आमजनतालाई जानकारी गराउने र आगामी कार्यक्रमहरु पनि जनतालाई जानकारी गराउदै अघि बढाउनुपर्ने उनले बताए । सिंहले बर्षायाममा आउन सक्ने बाढीलाई नियन्त्रण गर्न सरसफाइ लगाएतका कामलाई अघि बढाउनुपर्ने उल्लेख गरे।