काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेट समग्रमा ठिकै रहेको बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बजेट अझै ठोस रुपमा प्रस्तुत गर्न सकिने भएपनि समग्रमा बजेट ठिकै रहेको बताएका हुन् ।
उनले छरिएर रहेका आयोजनालाई घटाउने लगाएतका केही वित्तीय अनुशासनका विषयले सकारात्मक परिणाम आउने धारणा राखे ।
‘अझै ठोस रुपमा यसलाई प्रस्तुत गर्न सकिन्थ्यो, तर समग्रमा यो ठिक दिशातर्फ उन्मुख छ ।’ उनले भने, ‘४ हजार भन्दा बढी आयोजना कनिका छरेजसरी छर्ने प्रवृत्ति थियो, त्यसलाई घटाउने भनिएको छ, तीन करोडको सीमाको अनुशासनले विनियोजनामा सुधार ल्याउँछ ।’
उनले बजेटमा केही महत्वपूर्ण विषयहरु समावेश हुन नसकेकाले कार्यविधिबाट सम्बोधन हुने विश्वास व्यक्त गरे ।