काठमाडौँ– सत्ता साझेदार दल नेपाली कांग्रेसले आकस्मिक बैठक डाकेको छ ।
दलले हाल सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठस्थित जारी पदाधिकारीको बैठकलगत्तै सिंहदरबारस्थित आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको हो ।
उक्त बैठक कांग्रेसले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएको छ । जसका लागि बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार उपस्ति हुन भनिएको छ ।
उपसभामुख रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले, कांग्रेसको तर्फबाट परिषद्मा प्रतिनिधित्व नभएको अवस्थामा रानामगरलाई हटाउने प्रयास पहिले पनि गरिएको थियो।


























































