काठमाडौँ– नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन हस्ताक्षर थालेको छ ।


ADVERTISEMENT


बिहान करिब साढे १० बजे आकस्मिक रुपमा बैठक डाकेको एमालेले सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर सांसदहरुलाई धमाधम हस्ताक्षर गर्न लगाएको हो ।


ADVERTISEMENT

# # #


उता हाल पदाधिकारी बैठक जारी रहेको कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ ।

उपसभामुख रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले, कांग्रेसको तर्फबाट परिषद्मा प्रतिनिधित्व नभएको अवस्थामा रानामगरलाई हटाउने प्रयास पहिले पनि गरिएको थियो।