काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ति गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताउनुभएको हो । वर्तमान सरकार गठन भएदेखि नै गल्ति बाहेक राम्रो कुनै काम गर्न नसकेको उनले बताए ।


ADVERTISEMENT

# # #


प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे ।

प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पीत रहेको बताए ।