काठमाडौँ– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास भएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले उपसभामुख हटाउने प्रयासको विरोध समेत गरेको छ । बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकार अधिनायकवाद बन्दै गइरहेको निष्कर्ष निकालेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


सरकार देश र जनताको हित बिपरित अघि बढ्दै गएको उनले बताए । उनले आफ्नो मान्छेलाई जग्गा बाड्नका लागि भूमि विधेयकमाथि चलखेलको प्रयास भएको, शिक्षा बिधेयकलाई पनि प्रभाव पार्न खोजेको माओवादीको ठहर रहेको जिकिर गरे । प्रवक्ता सापकोटाले सरकारको गलत कामका कारण व्यवस्था बिरोधीलाई अवसर प्रदान गरेको जस्तो देखिएको पार्टीको ठहर रहेको बताए ।

बैठकमा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन र कार्य विभाजन लगायत विषयमा छलफल गर्ने तय भए तयारी नपुगेका कारण बुधबार बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्ने सापकोटाले बताए ।