काठमाडौँ — काठमाडौं उपत्यकामा सडक विस्तार, फास्ट ट्रयाक, बाहिरी चक्रपथ निर्माणपीडितहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म र्‍याली निकाल्ने क्रममा सहभागी र प्रहरीबीच झडप भएको हो ।


ADVERTISEMENT


झडपका क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीलाई धरपकड, लाठीचार्ज गर्न थालेपछि ढुंगा हानाहान समेत भएको थियो ।


ADVERTISEMENT

# # #


गणपतिलाल श्रेष्ठ, श्यामकृष्ण प्रजापति, पवित्र कसा, विष्णुभक्त मर्हजनलगायत एक दर्जन प्रदर्शनकारीलाई महानगरीय प्रहरी वृत बानेश्वरले नियन्त्रणमा लिएको छ । झडपमा दुई जना घाइते भएका छन् ।

प्रदर्शनमा उत्रेका उपत्यकावासीले ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा पहिचानलाई रक्षा गर्नुपर्ने, जनतालाई विस्थापित बनाउने गरी बनाइएको पञ्चातकालीन मापदण्ड खारेज गर्नुपर्ने, संविधानको धारा २५ र ३७ विपरीत हुने गरी पीडित र प्रभावितसँग मञ्जुरी नलिइ सडक विस्तार र नागरिकलाई दीर्घकालीन प्रभावपार्ने कुनै काम नगर्न माग गरेका छन् ।

उनीहरुले बिहान करिब ११ बजेदेखि माइतीघर मण्डलादेखि बानेश्रवसम्म २ घण्टा प्रदर्शन गरेका थिए ।