काठमाडौं – स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिका तथा युवाको शारीरिक र मानसिक विकासमा खेलकुदलाई जोड दिइने गरी बजेट कार्यक्रम ल्याइएको बताए ।


ADVERTISEMENT

# # #


सबै प्रदेशमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको पहिचान विकास गर्न १८ औँ एसियाली खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत गरेर २ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताए ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन

– युवालाई ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ दिइने

– आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने

-आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट