Author: Himalaya Post

बिर्सने बानी छ ? अपनाउनुहोस् यी उपाय

एजेन्सी– बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै सताएको हुन्छ । पढेका कुरा एकछिनमा बिर्सने समस्याको कारण धेरै मेहनत गर्ने विद्यार्थी पनि असफल भएका उदाहरण सुन्न पाइन्छ । तलका उपाय अपनाउनुभयो भने तपाईंले पढेको कुरा स्मरण गराउन सहज हुन सक्छ । –नियमित रूपमा पढ्ने बानीको विकास गर्नुहोस् । कुनै चिजलाई मनमनै दोहोर्याएर र त्यसलाई सम्झने प्रयास गनुहोस् र लेख्ने अभ्यास गनुहोस् । – विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ। एकोहोरो रटेर हुँदैन । त्यसरी पढेको केहिदिन पनि टिक्दैन । – रटेर पढ्दा दिमागमा घुस्दैन...

Read More

जलेश्वरमा पखालाको प्रकोपः पानीमा भेटियो दिसामा पाइने कोलिफर्म

गौशाला– महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य टोलीले नैन्ही गाउँबाट पानीको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा पठाएकामा त्यहाँबाट आएको ल्याब रिपोर्ट सार्वजनिक गर्दै नैन्ही गाउँका स्थानीयवासीले पिउने खानेपानी (चापाकल) नजीकै जम्ने पानीमा दिसा रहेको र त्यही दिसा चापाकलमा मिसिएको जनाइएको छ । स्थानीयवासी करीब ३०० परिवारले पिउने पानीको एउटै स्रोत...

Read More

निर्मला हत्या प्रकरण : निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

कञ्चनपुर– निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले भने, ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन ।’ एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट गरिएको थियो...

Read More

नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

कञ्चनपुर– भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ । नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा नौ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको हो । नेपाल खानेपानी संस्थानले बनाउन लागेको यो आयोजनाबाट नगरपालिका–२ का एक हजार दुई सय र ५ का एक हजार हजार तीन सय बासिन्दा खानेपानी सुविधा पाउनेछन् । खानेपानी संस्थानका कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले चालू आवभित्र बासिन्दाको घरमा पानी पुगाउने लक्ष्य राखिएको बताएका छन् । उल्टाखाम र वनगाउँका बासिन्दाका लागि खानेपानी आयोजना बन्न लागेको हो संस्थानका कार्यालय...

Read More

मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्दः यस्तो छ कारण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् । आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिएका छन् । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ । पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण...

Read More