Author: Himalaya Post

चार वर्षपछि बन्ने भो झोलुङ्गे पुल

नवलपरासी– चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणीधामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम सुरु गर्न लागिएको नवलपरासीका स्थानीय विकास अधिकारी युवराज कटेृलले जानकारी दिए । स्थानीय विकास मन्त्रालयको करिब रु नौ करोड लागतमा दुईसय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न हुनेछ । यसअघि चितवन राष्ट्रिय निकुन्जले सहमति नदिँदा काम अलपत्र परेको थियो । तर अब राष्ट्रिय निकुञ्ज विभाग र राष्ट्रिय निकुञ्जले सहमति दिएपछि अलपत्र परेको झेलुङ्गे पुलको निर्माण आयोजनाको काम पुनः सुरु गर्न लागिएको स्थानीय विकास अधिकारी कटेृलको भनाइ छ । पुल निर्माणपछि नवलपरासीको त्रिवेणीधामदेखि...

Read More

उम्मेद्वारले आज चुनाव चिन्ह पाउँदै

काठमाडौँ– अबको नौ दिनपछि हुने ३४ जिल्लाका स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आयोगको कार्यसूची अनुसार शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको जनाइएको छ । त्यस्तै आजै बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिनेछ । स्थानीय तहको निर्वाचन अन्र्तगत पहिलो चरणका लागि ३४ जिल्लाका २ सय ८३ स्थानीय निकायमा ४९ हजार २ सय ७ को उम्मेदवारी परेको थियो । निर्वाचन आयोगका अनुसार नगरपालिका तथा गाँउपलिका प्रमुख तथा अध्यक्षमा १९ सय २५, उपप्रमुख तथा उपाध्यक्षमा १४ सय १९, वडाध्यक्षमा १० हजार ८...

Read More

एनसेलले पायो ‘फोर जी’ सेवा अनुमति, पहिलो चरणमा काठमाडौं सहित पोखरा र दमौलीमा

काठमाडौं– निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) संचालनको अनुमति पाएको छ। नेपाल दूरसंचार प्राधिकरणले बुधबार एनसेललाई फोरजी संचालन गर्न अनुमति दिएको हो। एनसेलले पहिलो चरणमा काठमाडौं सहित पोखरा र दमौलीमा फोरजी सेवा संचालन गर्ने बताएको छ। प्राधिकरण संचालक समितिको बुधबार बसेको वैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिइएको स्रोतले जानकारी दियो। अघिल्लो साता विकास समितिले उपभोक्ताको अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकार निकायलाई एनसेलको फोरजी सेवा स्विकृत गर्न निर्देशन दिएको थियो। एनसेलले अनुमती पाएको एक महिनाभित्र फोरजी सेवा संचालमा ल्याउन सक्ने कार्ययोजना प्राधिकरणमा पेश गरेको छ। एनसेलले पहिलो चरणमा काठमाडौं...

Read More

वैशाख ३१ गते अनुमति लिएर मात्र सवारीसाधन चलाउन पाइने

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्नसक्ने निर्णय गरेको छ । आयोगले सवारीसाधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी कार्यविधिसमेत स्वीकृत गरेको छ । स्थानीय तह पहिलो चरणको वैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कूटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुना लगायतले प्रयोग गर्ने सवारीसाधनका लागि पास उपलब्ध गराउनेसम्बन्धी कार्यविधि आयोगले स्वीकृत गरेको हो । मतदानको दिन आवागमन व्यवस्थापन गर्न आयोगबाट स्वीकृत कार्ययोजनामा हल्का सवारीसाधन वा मोटरसाइकल प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरिएको छ । आयोगले स्थानीय तह निर्वाचनको मतदानको दिन उम्मेदवार र सुरक्षाकर्मीले सम्बन्धित निर्वाचन अधिकृतको सिफारिसमा...

Read More

फिफा बरियतामा नेपाल तीन स्थान तल

काठमाडौँ– विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३औँ स्थानमा रहेको हो । नेपालको ११० अङ्क रहेको छ । त्यस्तै भारत एक स्थान सुधार गर्दै १००औँ स्थानमा बढुवा भयो । तीन सय ३१ अङ्क जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ । त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थान, भुटान १६४औँ स्थानमा यथावत् छ भने बङ्गलादेश १९३औँ स्थानमा छ । त्यस्तै श्रीलङ्का १९७ औँ तथा पाकिस्तान २०१औँ स्थानमा छ । विश्व बरियतामा ब्राजिल शीर्ष स्थानमा छ...

Read More