Author: Himalaya Post

सप्तरी घटनाप्रति अमेरिकाको चासो (विज्ञप्तीसहित)

काठमाडौँ, फागुन २४ । सप्तरीमा ४ जनाको ज्यान जाने गरी हिजो भएको झडपप्रति संयुक्त राज्य अमेरिकाले गम्भीर रूपमा चिन्ता व्यक्त गरेको छ । आज नेपाल स्थित अमेरिकी दूतावासले एक विज्ञप्ती जारी गर्दै संयमता अपनाउन सबैलाई आग्रह गरेको छ । सप्तरीमा हिजो भएको घटनका बारेमा प्रतिक्रिया जनाउने अमेरिका पहिलो विदेशी नियोग हुन पुगेको छ ।   अमेरिकी दूतावासले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै :  २०७३ फागुन २४ अमेरिकी दूतावास, काठमाडौँको वक्तव्य नेपालका केही क्षेत्रमा देखिएको बढ्दो अस्थिरताको सङ्केत लगायत हालै सप्‍तरीमा प्रदर्शनकारीहरूको ज्यान जाने गरी भएको झडपप्रति संयुक्त राज्य अमेरिका गम्भीर रूपमा चिन्तित छ । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार...

Read More

बन्द गराउँदै हिँड्ने मोर्चा कार्यकर्ता पक्राउ

लहान, २४ फागुन । बजार बन्द गराउँदै हिँड्ने क्रममा प्रहरीले आज बिहान लहानका विभिन्न स्थानबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत छन् । एमालेले थालेको मेची–महाकाली अभियानको विरोध गर्न खोज्दा प्रहरी र मोर्चा कार्यकर्ताबिच भिडन्त भई तीन जनाको मृत्य भएको थियो । त्यसैको विरोधमा आज मोर्चाले मधेश बन्द, आगजनी, तोडफोड लगातका कार्य गररहेको छ भने जिप्रका सप्तरीले अनिश्चितकालका लागि राजविराजमा कर्फ्यु लगाएको छ...

Read More

सीडीओसहित सप्तरीका सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो, नयाँ टिम पठाउने तयारी

काठमाडौँ , फागुन २४ । सप्तरीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताबीच झडपका क्रममा तीन जनाको मृत्यु भएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी, सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई मन्त्रालयले फिर्ता बोलाएको हो । उनीहरूको ठाउँमा नयाँ टिम सप्तरी पठाउन गृहले तयारी थालेको छ। सोमबार नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत राजविराजमा भएको सभाका क्रमका प्रहरी र मधेसी मोर्चाबीच भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो। सप्तरीमा मंगलबार...

Read More

सप्तरी अपडेट: भारदहस्थित सशस्त्र प्रहरीको चेक पोस्टमा आगजनी

काठमाडौँ, फागुन २४ । मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदहस्थित सशस्त्र प्रहरीको चेक पोस्टमा आगजनी गरेका छन् । उक्त चेक पोस्टमा प्रहरी भने थिएनन् । सप्तकोशी ब्यारेजको पश्चिमी गेटमा रहेको चेकपोस्टमा मोर्चा कार्यकर्ताले आगजनी गरेका हुन्। आगजनीबाट चेकपोस्ट ध्वस्त बनेको छ। राजविराजस्थित शान्ति समितिको कार्यालयमा आगजनी मधेसी मोर्चाका कार्यकर्ताले राजविराज–६ स्थित स्थानीय शान्ति समितिको कार्यलयमा आगजनी गरेका छन्। आक्रोशित भीडले कार्यालयको पहिलो तल्लामा आगजनी गरेको हो। आगलागीबाट पहिलो तल्ला जलेर नस्ट भएको छ। अदालत रोडमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भीडन्त जारी छ। प्रर्दशनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले तीन सेल आश्रुग्यास प्रहार गरेको छ।यता अदालत रोडमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भीडन्त जारी...

Read More

जिप्रका सप्तरीद्वारा राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश

काठमाडौँ, फागुन २४ । प्रहरीको गोली लागेर तीन कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै जाँदा सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो । आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार हिजोबाट सुरु भएको तनाव आज दिउँसो झनै जटील बन्दै गएपछि कर्फ्यु आदेश जारी गर्नुपरेको हो । मधेशी मोर्चा आवद्ध...

Read More