Author: Himalaya Post

२२ अर्बमा दुई वाइडबडी जहाज खरिदका लागि नेपाल वायुसेवा निगम र एएआर कर्पोरेशनबीच सम्झौता

काठमाडौं- नेपाल वायुसेवा निगम र अमेरिकन एएआर कर्पोरेशनबीच वाइडबडी जहाज खरिदका लागि सम्झौता भएको छ। नेपालको इतिहासमा पहिलोपटक दुईवटा वाइडबडी जहाज खरिद सम्झौतामा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र विक्रेता कम्पनी एएआर कर्पोरेशनमा तर्फबाट दिपक शर्माले खरिद सम्झौताका हस्ताक्षर गरेका छन्। जहाज खरिदका लागि ग्लोबल टेन्डरमार्फत छनौट भएको अमेरिकन लिजिङ कम्पनीसँग २ सय ७० सिट क्षमताको वाइडबडी जहाज खरिद सम्झौता सम्पन्न भएको कंसाकारले जानकारी दिए। जहाज खरिद सम्झौता भएसँगै एएआरले निगमलाई सन् २०१८ को अप्रिल भित्र पहिलो एरबसर र दोस्रो एयरबसर मे भित्र उपलब्ध गराउनु पर्ने हुन्छ। एएआरले निगम लागि ३३०–२०० सिरिजको दुईवटा जहाज २०७४ सालको जेठ १५ गते भित्रै...

Read More

सार्वजनिक बसभित्रै १४ वर्षे किशोरीको बलात्कार !

काठमाडौँ– ललितपुरको बालकुमारीमा डेरा बस्दै आएकी एक १४ वर्षे किशोरी सार्वजनिक बसभित्रै बलात्कृत भएकी छन्। चैत १८ गते भएको यो घटनामा संलग्न भन्दै प्रहरीले सिन्धुपाल्चोक, सानो सिरुवारी–६ घर भई लगनखेल बस्दै आएका ३१ वर्षीय सागर नेपालीलाई पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोक नै पुगेर उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार त्यस दिन साँझ दाजुसँग झगडा गरेर ती किशोरी घरबाट निस्केकी थिइन्। ‘म तपाईंसँग डेरामा बस्दिनँ’ भन्दै बाहिर निस्किएकी उनी बालकुमारीको रिङरोडमा उभिरहेकी थिइन्। राति ८ बजेतिर सडकमा किशोरी उभिएपछि एक युवकले उनीसँग सोधपुछ गरे। आफू तराई रहेको घरमा जान लागेको बताएपछि ती युवकले ‘मेरो बस छ म पुर्याइदिन्छु’ भने। ललितपुर...

Read More

राष्ट्रपति भण्डारी र चिनीयाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु होङले आज शिष्टाचार भेट गरेकी छन् । राष्ट्रपति भवन, शीतलनिवासमा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको बताइएको छ...

Read More

निर्वाचन तयारीबारे आयोगसँग काँग्रेस पदाधिकारीको छलफल

काठमाडौँ– नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले आज आयोगमा पुगेर प्रमख आयुक्त डा अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो । काँग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो । सो अवसरमा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको सहभागिता, निर्वाचनमा आउन सक्ने चुनौती र ऐन कानुनमा देखिएको कमी कमजोरीबारे छलफल भएको रक्षामन्त्री खाँणले जानकारी दिए । छलफलमा उनीहरुबीच स्थानीय तहको...

Read More

हुवावेसँगको मुद्दा हारेपछि सामसुङले तिनुपर्ने भयो १२ करोड जरिवाना

दक्षिण कोरियाली स्मार्टफोन जाएन्ट सामसुङले प्याटेन्ट विवादमा झण्डै १२ करोड जरिवाना तिर्नुपर्ने भएको छ । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले सामसुङविरुद्ध हालेको मुद्दामा भएको फैसला अनुसार सामसुङले हुवावेको प्याटेन्ट अधिकार चोरी गरेको पुष्टि भएको हो । चीनको क्वान्झाउस्थित एक अदालतले हुवावेका विभिन्न स्मार्टफोन प्रविधि विना अनुमति नक्कल गरेर प्याटेन्ट अधिकारको हनन गरेको ठहर गरेको हो । अदालतले हुवाबेलाई सामसुङले ८ करोड चिनियाा युआन जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । सामसुङले आफ्ना २० भन्दा बढि मोडेलका स्मार्टफोन तथा ट्याबलेटमा अनुमति विना आफ्नो प्रविधि नक्कल गरेर कम्तीमा १० वटा प्याटेन्ट अधिकारको हनन गरेको आरोप लगाउँदै हुवाबेले गत मे महिना यता चीनको सेन्झेन...

Read More