Author: Himalaya Post

स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने

काठमाडौँ, फागुन १२। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप रु एक लाख प्रदान गर्ने गर्दछ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आजको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सो जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा महिलाको स्तन र पाठेघरका गरी...

Read More

घुस लिँदालिदै मालपोत कार्यालय भक्तपुरका तीन जना कर्मचारी पक्राउ

भक्तपुर, १२ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ । मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग रु छ लाख १४ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ । आयोगमा...

Read More

बेगनास तालमा रैथाने जातका माछा लोप हुँदै

फागुन १२। मिचाहा प्रजातिको माछा टिलापियालगायत कारणले पोखराको लेखनाथ र आसपासका क्षेत्रमा पाइने रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्ला वर्षमा टिलापियाको बढ्दो वृद्धिदरसँगै रैथाने जातका अन्य माछा उत्पादनमा कमी आएको छ । अन्य विकासी जातका माछा पनि फस्टाउन सकेका छैनन् । मत्स्य अनुसन्धान केन्द्र बेगनासका वरिष्ठ प्राविधिक अधिकृत देवप्रसाद शर्माका अनुसार पछिल्ला वर्षमा टिलापियाको बढ्दो आक्रमणका कारण लेखनाथ क्षेत्रका तालमा रेवा, फकेट, काँडे, बिग हेड, बाम र कत्ले जस्ता रैथाने जात मिचाहा प्रजातिको बढ्दो क्रमसँगै लोपोन्मुख अवस्थामा पुगेका छन् । “अन्य माछामा भन्दा टिलापिया माछामा प्राकृतिक प्रजनन हुने भएका कारण सङ्ख्या बढेको हो,” शर्माको तर्क छ...

Read More

स्थानीय चुनावले कक्षा ११ र १२ को परीक्षा प्रभावित हुने

काठमाडौँ, फागुन १२। सरकारले स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने घोषणा गरेपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा प्रभावित हुने देखिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ र बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । विद्यालयहरुलाई मतदान केन्द्रको रुपमा प्रयोग गर्न र निर्वाचन तयारीमा सहयोग पुर्‍याउन आयोगले त्यस्तो निर्णय लिएको हो । यससँगै कक्षा ११ को परीक्षा पूर्ण रुपमा प्रभावित हुने निश्चित भइसकेको राष्ट्रिय परिक्षा बोर्डका कार्यकारी प्रमुख डिल्ली रिमालले बताए । उनले भने, ‘कक्षा ११ को परीक्षा बैशाख २४ देखि जेठ ३ गतेसम्म थियो, अब यही...

Read More

निर्वाचन र संविधान संशोधन सरकारको मुख्य प्राथमिकता–गृहमन्त्री

काठमाडौँ, फागुन १२ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समितिले आज आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा उद्यमी पुरस्कार वितरण कार्यक्रम शुभारम्भ गर्दै उनले सबैलाई मिलाएर निर्वाचन गरिने बताएका हुन् । गृहमन्त्री निधिले भने, “नयाँ संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि आगामी वर्षको माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नुपर्छ ।” उनले स्थायी सरकारसहितको समृद्धिका लागि पनि निर्वाचन अपरिहार्य भएको उल्लेख गरे। मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि उपयुक्त नीति आवश्यक हुने बताउँदै गृहमन्त्री निधिले...

Read More