Author: Himalaya Post

मिश्रको पार्टीको नाम ‘साझा पार्टी’ र चुनाव चिन्ह ‘तराजु’

काठमाडौं, फागुन १८। हिजो मात्रै बीबीसीबाट राजीनामा दिएर राजनीतिमा होमिएका रविन्द्र मिश्रले पार्टीको नाम जुराएका छन् । उनको नयाँ पार्टीको नाम साझा पार्टी राखिएको छ भने चुनाव चिन्ह तराजु प्रस्ताव गरिएको छ । उनले पार्टीको नाम तथा चुनाव चिन्ह सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । मिश्रको अगुवाईमा पार्टी गठनमा सक्रिय एक नेताले भने, ‘अहिले दल दर्ता त बन्द छ । तर, नाम र चुनाव चिन्ह सुरक्षित गर्न चाहेका हौँ ।’ आयोगमा पार्टी दर्ताको आवेदन दिन द हिमालयन टाइम्‌का पूर्व सम्पादक अजयभद्र खनाल, कृषिविज्ञ डा.उमेद पुन,पूर्व सचिव किशोर थापा, निर्वाचन आयोगका पूर्वसचिव, संयोजक रवीन्द्र मिश्र, अधिवक्ता ओमप्रकाश...

Read More

आजदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चलाउन नपाइने

काठमाडौँ, फाल्गुन १८ । आजदेखि २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई सडकमा चलाउन नपाइने भएको छ ।  । अब २० वर्ष पुराना भाडाका सार्वजनिक सवारी सडकमा आए सवारी धनिलाई कारवाहीसहित जरिवाना पनि गराइनेछ । यातायात व्यवस्था विभागका अनुसार २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । विभागले मंगलबार ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेख्दै २० वर्ष पुराना सवारी सडमा आए कारवाही गर्न पत्र लेखिसकेको छ । अब २० वर्ष आयु नाघेका सार्वजनिक सवारीको करसमेत बुझिने छैन । पाण्डेकाअनुसार त्यस्ता सार्वजनिक सवारीको...

Read More

नेपालका लागि भारतीय नयाँ राजदूतमा मन्जिभसिंह सिफारिस

काठमाडौँ, फाल्गुन १८ । भारतले नेपालका लागि नयाँ राजदूतको लागि मन्जिभ सिंह पुरीको नाम मनोनयन गरेको छ । उनको नाम नेपाल सरकारलाई जानकारी गराइएको नेपाल सरकारको उच्च स्रोत कान्तिपुरलाई बतायो । स्रोतका अनुसार भारत सरकारले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई उनको नाम जानकारी गराएको हो । उनी हाल युरोपियन युनियन, बेल्जियम र लक्जेम्बरका लागि भारतीय राजदूत छन् । परराष्ट्र सेवा, राजनीतिक तह वा सुरक्षा निकायबाट को आउने भन्ने बहसपछि अन्ततस् परराष्ट्र सेवा अनुभवी क्याडर नै नेपालका लागि राजदूतमा सिफारिस भएका छन् । नेपाल सरकारबाट अग्रिमा ९सहमति० गएपछि उनी नेपालका लागि भारतीय राजदूत हुनेछन् । आजै ९बुधबार० देखि नेपालमा भारतीय राजदूत...

Read More

किन भेटे एकै दिन प्रधानमन्त्रीसंग चिनिया र भारतीय राजदूतले ?

काठमाडौँ, फागुन १७। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत यु होङ र नेपालका लागि भारतीय राजदूत रणजित रायले आज बिहान भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुवै भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा वार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले राजदूत युसँगको भेटमा नेपाल र चीनबीच सम्पर्क विस्तार, पूर्वाधार विकास र पूर्व सम्झौताको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढिरहेको बताए । सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको र यसमा चीनको सकारात्मक सहयोग रहने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेका थिए । उनले ‘वान बेल्ट वान रोड’ अन्तर्गत...

Read More

मधेसी मोर्चा र सत्तारुढ दलबिच बालुवाटारमा बैठक जारी

काठमाडौँ, फागुन १७ । स्थानीय तह निर्वाचनमा राजनीतिक सहमती जुटाउने प्रयास स्वरुप संविधान संसोधन, स्थानीय तहको निर्वाचनको वातवरण निर्माण लगायतका विषयमा आज सत्तारुढ दल काँग्रेस र माओवादीले मधेशी मोर्चाका नेताहरुसँग छलफल शुरु गरेका छन् । सहमती जुटेका विषयमा तत्काल संशोधन गरेर निर्वाचनमा जाने र विवादित बिषयमा निर्वाचनपछि संशोधन गर्ने प्रस्ताव अघि सारेका प्रधानमन्त्री दाहालले थप छलफलका लागि मोर्चा सहितको त्रिपक्षिय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान साढे १० बजेदेखि काँग्रेस, माओवादी र मोर्चाको संयुक्त वैठक शुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले हिजो साँझ मात्रै मधेशी मोर्चाका नेताहरुसँग तीन घण्टा लामो छलफल गरेका...

Read More