Author: Himalaya Post

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनाको खबर थाहा पाएपछि नगरप्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बनाएका थिए । प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको बताए...

Read More

एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना : पाइलटसहित ५ जनाको मृत्यु

काठमाडौँ – नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी पाइलटसहित ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा हेलिकप्टर पाइलट अरुण मल्ल रहेका छन् भने अन्य ४ जना चिनियाँ पर्यटकमध्ये एक महिलारहेका छन् । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । “घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्”, उनले भने । बुधबार 9N-AJD हेलिकप्टर कल साइनको हेलिकोप्टर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि दिउँसो १ बजेर ५४ मिनेट जाँदा उडेको थियो । काठमाडौँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । दुर्घटनाको...

Read More

माओवादी अब सरकार खोज्दै हिंड्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव माओवादी सरकार खोज्दै नहिड्ने बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकार भन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिड्ने बताएका हुन् । उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित रहने बताए । पार्टीभित्रका असन्तुष्टिहरुलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभइ जुटतिर केन्द्रीत हुने स्पष्ट पारे । उनले माओवादीबाट अलग भएकाहरु छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकतावद्ध हुन लागेको जानकारी दिए । प्रचण्डले आफु नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन...

Read More

आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिवको जोड

काठमाडौँ – नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुगेकी परराष्ट्रसचिव सेवा लम्सालको अध्यक्षतामा मङ्गलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीको उपस्थितिमा श्रव्यदृश्यका माधयमबाट बैठक आयोजना गरियो । उक्त बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा स्रोत–साधनको व्यवस्थापनबारे विस्तृत रूपमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा परराष्ट्रसचिवबाट डिजिटल सुशासन लागू गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणको अनलाइन प्रक्रियालाई आत्मसात् गर्दै सेवा...

Read More

गण्डकीका गाउँबस्ती छिचोल्दै सडक

गण्डकी – केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको आचार्यले बताए । उनीलगायत तरकारी र बीउ उब्जाउने जलजला गाउँपालिका–७ सल्यानका किसानलाई सडकले सहज बनाएको हो । “व्यापारीले फोनबाटै तरकारी मगाउँछन्, हामीले गाडीमा पठाउँछौँ, खातामा पैसा आउँछ”, उनले भने, “पहिले झैँ दुःख र झन्झट छैन, तरकारी फलाउन सके बजारको पनि समस्या छैन ।” ताराखोला गाउँपालिका–१ माझखर्कका खर्कबहादुर घर्तीमगरलाई घरायसी सामान किन्न दुई दिन खर्चेर बागलुङबजार आउनुपर्ने बाध्यता अहिले छैन । “जेठ महिनामै नुनतेल, दाल, चामल जस्ता दैनिक...

Read More