Author: Himalaya Post

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

काठमाडौँ – प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन् । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो...

Read More

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ – तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए । जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए। व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिए । त्यस्तै १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई पनि खोप लगाइएको उनको भनाइ छ...

Read More

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

चितवन – नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् । उनले भने, “आयोजनालाई काम लगाउनसमेत कठिन भएको छ । ” आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यस लगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो । यसमध्येको अघिल्लो वर्षको कामको भुक्तानी रु ६० करोड यस वर्षको सुरुआतीमा गरिएको भए पनि त्यसयता भुक्तानी हुन नसकेको उनले जानकारी दिए । दुई जिल्लामा गरी ११ खण्डमा ठेक्का लगाइएको थियो । चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ खण्डमा ठेक्का लगाइएको थियो । चितवनतर्फ नारायणीको पुलबाट उत्तरतर्फको ‘सिवीच मोडल’ रु १७ करोड खर्च गरेर काम सम्पन्न गरिसकिएको छ । आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार गाँजीपुरदेखि हीरापुरसम्मको पाँच किलोमिटर तटबन्ध काम सम्पन्न भएको छ । रु ४८ करोड ६४ लाखमा ठेक्का लगाइएको थियो । रु ३६ करोड भुक्तानी गर्न अझै बाँकी रहेको उनले जानकारी दिए । चितवनतर्फ सिसइदेखि बालुवासम्मको ५ दशमलव ८ किलोमिटर तटबन्ध रु ३७ करोड ४८ लाखमा ठेक्का लगाइएको थियो । यसको भौतिक प्रगति २० प्रतिशत भएको छ । काम गरेको रु एक करोड ११ लाख बजेट अभावमा भुक्तानी हुन सकेको छैन । रामघाटदेखि शिवघाटसम्मको पाँच किलोमिटर तटबन्धको काम ५१...

Read More

नेकपा एस महाधिवेशन : १२ समूहका सुझाव पेस हुँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जारी १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ । बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ । आजै एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र...

Read More

महामन्त्रीको प्रतिवेदन हुबहु सार्वजनिक गरिन्छ : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम सकिएपछि उक्त प्रतिवेदन सार्वजनिक गरिने सहप्रवक्ता मनिष झाले जानकारी दिऐ । बैठकको सुरुमा महामन्त्री ढकालको बैठक लाइभ गर्ने प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गर्दा बैठकको बहुमतले अस्वीकृत भएको झाले बताए । उनले भने, ‘बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्तावलाई सभापतिज्यूले नै बैठकमा राख्नुभएको थियो । तर, सबै केन्द्रीय सदस्यहरुले यसलाई अस्वीकार गर्नुभयो । हामीले प्रतिवेदन हेर्न नपाएको हुँदा पहिले यसबारे छलफल गरौं भन्ने कुरा भएको छ ।’ केन्द्रीय सदस्यहरुले प्रतिवेदन पढ्न...

Read More