सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल शुरु
काठमाडौँ– सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका बिपत्तिहरुका बिषयमा प्रारम्भिक छलफल भएको हो । विधेयकमा रहेको मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधीवक्ताले गम्भीर मानव अधिकार उलंघनको बिषयमा घटि मागदावी लिएर जाने लगायत चार बिषयमा सहमतिको प्रयास खोजिएको कार्यदल सदस्य प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। छलफलका क्रममा केहि सकारात्मक संकेत देखिएको र थप छलफल गरिने उनको भनाइ छ ।...
Read More

























