Author: Himalaya Post

घरजग्गा खरिद बिक्री गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ – सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए । उनले भने, “सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा गरेका निर्णय...

Read More

सिटिजन्स क्यापिटलको अध्यक्षमा श्रेष्ठ र सञ्चालक सदस्यमा अधिकारी नियुक्त

काठमाडौँ – सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको १२५ औं संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । सिटिजन्स क्यापिटलको मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट मनोनित भई अध्यक्ष रहका पारस कुमार काफ्ले निधन भएपछि रिक्त पदमा श्रेष्ठलाई नियुक्त गरिएको हो । साथै, उक्त बैठकले रिक्त रहेको संचालक सदस्य पदका लागि मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई आएका नारायण राज अधिकारीलाई संचालक पदमा नियुक्ति गरेको छ । उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल तर्फबाट अन्य संचालक प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्का, स्वतन्त्र संचालकहरु अभिजित...

Read More

शीर्ष तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौँ – शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा तीन दलका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूबीच छलफल भएको बालुवाटार स्रोतले बताएको छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालगायत पार्टीका अन्य नेताहरूको उपस्थिति रहेको छ...

Read More

केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले केन्द्रीय कमिटीको संख्या १९९ बाट बढाउदै २९९ सदस्यीय बनाउने निर्णय गरेको हो । केन्द्रीय पदाधिकारीको संख्या २१ जना हुने र सम्मानीत नेताको पद कायमै राख्दै वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय बैठकले गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै केन्द्रीय उपाध्यक्षमा एक महिलाको सिट सुरक्षित रहने उनले बताए । प्रवक्ता खतिवडाले महाधिवेशनमा सर्वसम्मत नेतृत्वको लागि पहल गर्ने र त्यसका लागि कुनै पदले महत्वपूर्ण सहायता पुराए त्यसतर्फ पनि जानसक्ने उल्लेख गरे । सबै पहल...

Read More

सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच छुटसम्बन्धी सम्झौता

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ...

Read More