Author: Himalaya Post

एकीकृत समाजवादीको अध्यक्षमा मेरो दाबी कायमै छ : झलनाथ खनाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्षको रुपमा आफ्नो दावी कायमै रहेको बताएकबा छन् । बिहीबार पार्टी कार्यालय आलोकनगरमा अध्यक्षको दावेदारी छाडेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो दाबी कायमै रहेको बताएका हुन् । उनले सहमतिका साथ नेतृत्व चयनका लागि आफूले पार्टीका नेताहरुसंग छलफल गरिरहेको जिकिर गरे । उनले भने, ‘सहमतिका साथ जानुपर्छ भनेको हुँ । तर, अध्यक्षमा मेरो दाबी कायमै छ ।’ पार्टी नेतृत्वका लागि आफ्नो नाममा सहमति नहुने कुनै कारण नरहेको उनले बताए । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको विषयमा विभिन्न नेताहरुको नाममा चर्चा हुदै आएको छ । अध्यक्ष माधवकुमार नेपालले...

Read More

समाजलाई सकारात्मक मार्गनिर्देशन गर्नका लागि सबैले भूमिका जरुरी : सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि सबैले भूमिका खेल्नुपर्ने बताएकी छन् । नेपाल साहित्यिक पत्रकार संघको १८ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा शर्माले समाजमा सकारात्मक भन्दा पनि नकारात्मक प्रवृति हावी भएको भन्दै समाजलाई सकारात्मक मार्गनिर्देशन गर्नका लागि सबैले भूमिका खेल्नुपर्ने बताएकी हुन् । निष्ठाको राजनीतिमा आफुहरु समाहित भए पनि अहिले राजनीतिप्रतिको नकारात्मक भाष्य हटाउन यस क्षेत्रलाई सुधार गर्नुपर्ने उनले बताइन् । शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको भन्दै यस क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर धारणा राखिन् । अब साहित्यीक क्षेत्रलाई समयसापेक्ष रुपमा सूचनामैत्री बनाउनुपर्ने उनको भनाइ...

Read More

एसईई नतिजा : गणितमा सबैभन्दा बढी विद्यार्थी फेल

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपिए ल्याएको बताए । परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । एक लाख १४ हजार ४८ छात्र र एक लाख २८ हजार दुई सय ५७ छात्रासहित कुल दुई लाख ४२ हजार तीन सय १३ परीक्षार्थीको...

Read More

प्रतिनिधिसभाद्वारा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ – अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । त्यसअघि विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिदै मन्त्री तामाङले राज्यलाई थप कुनै आर्थिक भार नपर्ने गरी पुराना अभिलेखहरुको संरक्षण एवं नयाँ प्रविधिबाट डिजिटलाइजेशन गरिने बताए । उनले तीनै तहको सरकारमा सरकारको सार्वजनिक रेकर्ड व्यवस्थापनलाई एकरुपता कायम गरी समयानुकल बनाउनका लागि पनि विधेयक ल्याएको उल्लेख गरे । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ...

Read More

साताको अन्तिम दिन पनि घट्यो नेप्से, ३ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ – पुँजी बजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ । गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो । यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय ३३ कम्पनीको ८९ लाख एक हजार एक सय ९५ कित्ता शेयर ५० हजार दुई सय ८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार आठ सय २४ मा खुम्चिएको छ । आजको कारोबारपछि कुल...

Read More