Author: Himalaya Post

जनताको आधारभूत अधिकारलाई स्थापित गर्न सबै पक्ष गम्भीर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख जनताको आधारभूत अधिकारलाई स्थापित गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताएकी छन् । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा बुधबार काठमाडौंमा सुरु पहिलो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दैै पूर्वराष्ट्रपति भण्डारीले संविधानमा उल्लेख मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्दै जनताको आधारभूत अधिकारलाई स्थापीत गर्न सवै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताएकी हुन् । उनले अहिले देखिएको जलवायु परिवर्तनका कारण नेपालमा परेका असरले जनतालाई समस्या भएको भन्दै युवाहरुले आवाज उठाउनुपर्ने बेला आएको जिकिर गरिन् । त्यस्तै उनले खानेपानीको समस्याका कारण देशका बिभिन्न स्थानका जनताहरु समस्या रहेको भन्दै यसमा पनि बिशेष ध्यान दिनुपर्ने र प्राकृतिक स्रोतहरुलाई जोगाउनुपर्ने धारणा राखिन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको संगठन बलियो भएका कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको बताए । उनले अहिले पनि एमाले विद्यार्थीसंगठनसंग चुनावमा प्रतिष्पर्धा गर्ने हिम्मत कसैसंग नभएको जिकिर गरे । ओलीले सहकारीमा गैर सहकारीलाहरुको प्रवेश भएकाले केही सहकारी बदनाम भएको बताए । उनले साँचो उदेश्यका साथ स्थापना भएका सहकारी अहिले पनि संकटग्रस्त नरहेको उल्लेख गरे । दुई दिनसम्म चल्ने भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने एमालेले जनाएको छ । भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी लगाएतको सहभागीता रहेको छ...

Read More

नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री प्रचण्ड

सिन्धुपाल्चोक – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताएका छन् । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवद्र्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताए । “गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्रीले भने, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।” उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई तल्लो तहका जनताले अनुभूत गर्ने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको जानकारी दिए । “प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत पनि तिनै विषयलाई प्राथमिकतामा राखेको छ । त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री दाहालले भने । उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए । देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री दाहालले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्र कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्रीले भने, “यही वास्तविकतालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।” विसं २०७२ को भूकम्पले धराशायी भएका भौतिक संरचना तथा चौतारा अस्पतालका संरचना पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण...

Read More

सन्दीपले अमेरिकाको भिसा नपाएपछि क्रिकेट समर्थकले निकाले र्याली

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप खेल्न अमेरिकाको भिसाका लागि पहल गर्न माग गर्दै उनका समर्थकहरुले काठमाडौंमा र्याली निकालेका छन् । विश्वकप खेल्न अमेरिकन दूतावासले भिसा दिन इन्कार गरेको अवस्थामा सरकारले नै भिसाको पहल गर्नुपर्ने भन्दै उनीहरुले काठमाडौंको माइतिघर देखि बालुवाटारसम्म र्याली निकालेका हुन् । प्रदर्शनकारीले विश्वकपमा नेपाली टीमलाई बलियो रुपमा प्रस्तुत गर्न सन्दीपको सहभागीता हुनुपर्ने भएकाले विश्वकप खेल्न जान भिसा दिनुपर्ने माग गरेका छन् । र्याली पछि उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिक निषेधित क्षेत्रमा धर्ना दिएका छन् । सो क्रममा केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरी हटाएको थियो...

Read More

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डे र २ मन्त्रीद्वारा शपथ ग्रहण

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएको छ । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् । यस्तै, मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । पाण्डेको मन्त्रिपरिषद्‌मा विन्दुकुमार थापा र टकराज गुरुङ मन्त्री बनेका छन् । कास्कीका बिन्दु थापाले सामाजिक विकास, ऊर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्...

Read More

बजेट आम जनतामा आशा जगाउने गरी आएको छ : अर्थमन्त्री पुन

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट आम जनतामा आशा जगाउने गरी आएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको भन्दै आम जनतामा आशा जगाउने गरी बजेट आएको बताएका हुन् । उनले देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृति बढेको भन्दै सजिलै विदेशको बाटो रोज्ने भन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको बताए । उनले निजी क्षेत्र, प्रमुख प्रतिपक्षलेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उल्लेख गरे । अर्थमन्त्री पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको भन्दै नेपालको भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको जानकारी दिए । अर्थमन्त्री पुनले निजी क्षेत्रसँग मिलेर नै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले त्यही अनुसारको बजेट बनाइएको बताए । प्रदेशगत रूपमा पनि आर्थिक क्षेत्रको पहिचान गरिएको भन्दै कोसी प्रदेशलाई उद्योग हबको रूपमा विकास गर्ने र काठमाडौंलाई आइटी हबको रूपमा विकास गरिने तथा गण्डकीलाई पर्यटन क्षेत्रको रुपमा तयारी गरिएको जानकारी दिए । अर्थमन्त्री पुनले करका दर परिवर्तन गर्दा कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौँ भन्ने प्रतिबद्धताका साथ आवश्यकता र औचित्यका आधारमा हेरफेर भएको बताए । अर्थमन्त्री पुनले समस्यामा परेका सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको भन्दै...

Read More