Author: Himalaya Post

नवउद्यमी महिलालाई बिनाधितो ऋण सहयोग

पाल्पा– तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण सहयोग दिने भएको छ । नगरपालिकाभित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न पन्ध्र लाख रुपैँया बराबरको ऋण सहयोग उपलब्ध गराइने भएको हो । नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । सो बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ । आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगरप्रमुख अशोककुमार शाहीले बताए । बैंकले नगरपालिकाका सिफारिसमा ४ दशमलव ६४ प्रतिशत ब्याजदरमा बिनाधितो रु ५० हजारदेखि १५ लाखसम्म र धितो राखेर धितोको मूल्याङ्कनअनुसार ऋण प्रदान गर्ने बैंकका शाखा प्रबन्धक...

Read More

उम्मेदवार हुनका लागि मात्रै म सभापतिमा उठ्दिनँ, एकता भए कांग्रेसले बहुमत ल्याउँछ : डा. महत

सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको आकांक्षीहरु पनि बढिरहेका छन् । आगामी मंसिरका लागि चय भएको महाधिवेशनका लागि नेताहरुले आ–आफ्नै प्यानल बनाउनेदेखि स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा समेत गरिरहेका छन् । आगामी महाधिवेशनका लागि नेतृत्वको दाबी गरिरहेका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतसँग महाधिवेशन, सरकारको गति लगायतका विषयमा हिमालय पोष्टले गरेको कुराकानीको सार :  नेपाली कांग्रेसले आफ्नो महाधिवेशन कसरी सम्पन्न गर्दै छ ?  नेपाली कांग्रेसले आफ्नो महाधिवेशन विधान अनुसार नै सम्पन्न गर्छ र गर्नुपर्छ पनि । यसमा विभिन्न तहको अधिवेशन हुनुपर्छ । वडा, गाउँपालिका, नगरपालिका, प्रदेशको क्षेत्र तह ,प्रतिनिधि सभाको क्षेत्रीय तह, जिल्ला तह र प्रदेश...

Read More

ओलाङचुङगोलामा फुटुक पर्व मनाउँदै वालुङ समुदाय

फुङलिङ– सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दशैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजां का दिनसम्म मनाइने यो पर्वको रौनक ओलाङचुगोलामा मात्र देखिन्छ । वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको यो मौलिक सांस्कृतिक पर्व परापूर्वकालदेखि नै धुमधामसँग मनाउने गरिएकामा कोरोना सङ्क्रमणका कारण अघिल्लो वर्ष औपचारिकतामै सीमित भएको त्यहाँका वडाध्यक्ष छेतेन भोटे (वालुङ) ले बताए ।दश दिनसम्म मनाइने यस मौलिक पर्वमा पाहुनाहरुका साथै भारतको दार्जिलिङबाट प्रमुख लामा आएका छन् । यस पर्वमा सुरुदेखि अन्तिमसम्ममा कम्तीमा १५ लामाले बौद्ध धर्मसंस्कारअनुसार पूजा पाठ गर्ने...

Read More

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । उनलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्रीबाट एमाले नेता भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज दिउँसो १ बजेसम्म दाबी पेस गर्ने समय उपलब्ध गराएका थिए। उनले सूचना जारी गरेको केहीबेरमै राईले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। नवनियुक्त मुख्यमन्त्री राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिने बताइएको छ...

Read More

पूर्वसूचना बिना नै कर्मचारी हटाइएकोप्रति समाजवादी प्रेस संगठनको विरोध

काठमाडौँ– गोरखापत्र संस्थानद्वारा प्रकाशित गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत विभिन्न जिल्लाका अस्थायी संवाददाता (स्ट्रिन्जर) लाई पूर्वसूचनाबिना नै हटाइएकोप्रति समाजवादी प्रेस संगठन नेपालले विरोध जनाएको छ । मंगलबार संस्थाका संस्थापक संयोजक शम्भु थापाले एक विज्ञप्ति जारी गर्दै पूर्वसुचित नै नगरी अपदस्थ गरिनु श्रमजीवी पत्रकारहरुमाथि अन्याय भएको भन्दै सोको विरोध गरेका हुन् । ‘गोरखापत्रजस्तो गरिमामय प्रकाशन संस्थाले निश्चित दलको पृष्ठपोषण गरेको वा नगरेको नाममा श्रमजीवी पत्रकारमाथि गर्ने व्यवहार स्वीकार्य छैन’, विज्ञप्तिमा उल्लेख छ । पाँच दलीय गठबन्धनको मर्म, भावना र हरेक विषयलाई सहमतिका आधारमा निरुपण गर्ने पूर्वसहमतिविपरित गोरखापत्रबाट पत्रकारहरु निकालिएको जनाउँदै विज्ञप्तिमा अघि भनिएको छ, ‘संगठन श्रमजीवी पत्रकारमाथि भएको यस्तो अन्यायपूर्ण व्यवहारको...

Read More