Author: Himalaya Post

नेपाल फर्किए महिला फुटबल टोली

काठमाडौँ– एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा नेपाले एक अङ्क मात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो ।...

Read More

ग्याष्ट्रिकका समस्या भएकाले नर्भिकमा फ्री-ओपिडी सेवा पाउने

काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा संचालन हुने भएको छ । आउने शनिवार(असोज ९ गते) नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । डा. साहका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिनसक्नेछन् । निःशुल्क ओपिडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म संचालन हुनेछ । नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ...

Read More

जोरपाटी सुन्दरीजल सडक खण्डको हरिबिजोग, पाँच वर्षमा सात किलो मिटर पनि बनेन

काठमाडौँ– जोरपाटी सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको ५ वर्ष भयो । तर हाल सम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको छैन । काठमाडौ सडक विस्तार आयोजनाद्धारा निर्माण गरिने उक्त सडक आयोजना समयमै निर्माण नहुदा स्थानियबासीले सास्ती बेहोर्नु परेको छ । पाँच वर्ष सम्म सडक काम नलाग्ने गरि तहसनहस भएको छ। पानी परे हिलाम्मे घाम लागे धुलाम्मे, यो सडकको कारणले स्थानीयको स्वास्थ अवस्था र दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको छ।अहिले पानी परेको बेला सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम उत्तिकै छ । मानिसहरु त पैदल हिड्ने चान्सै छैन । लाग्छ, उक्त सडक...

Read More

सटर तोडफोड गरी मोबाइल चोरी गर्ने दुई पक्राउ

बर्दिया– सटर तोडफोड गरी मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले बढैयाताल गाउँपालिका–०६ स्थित बुधवार मैनापोखर बजारमा रहेको क्रितिसा ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाईल चोरी भाग्दै गरेको अवस्थामा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३० वर्षीय ईस्लाम दिनलाई घटनास्थलबाटैप्रकाउ गरेको हो । यस्तै, खोजतलास गर्दै जाँदा सोही घटनामा संलग्न रहेको जिल्ला बाँके डुडुवा गाउँपालि–७ बस्ने ४० वर्षीयमुसा कुरेसीलाई पनि चोरी भएका चार थान मोबाइलसहित नियन्त्रणमा लिईएको छ । प्रकाउ परेका दुवैलाई नियन्त्रणमा लिएर आवश्यक काननी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ...

Read More

बेदुराम भुसाल बने एकीकृत समाजवादीको महासचिव, सचिवमा रामकुमारी झाँक्रीसहित चार जना

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले आफ्नो दलको पदाधिकारी चयन यात्रा टुङ्ग्याएको छ । बिहिवार दलको विभिन्न पदमा व्यक्तिहरु चयन गर्दै पार्टीले पदाधिकारीहरु टुंगो लगाएको हो । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । जसअन्तर्गत बेदुराम भुसाल महासचिवमा नियुक्त भएका छन् । यसैगरि, उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन्, भने उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चुनिएका छन् । यस्तै, पार्टीले सचिवमा रामकुमारी झाँक्रीसहित केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा र नागेन्द्रप्रसाद चौधरी गरी चार जनालाई नियुक्त गरेका छन्...

Read More