Author: Himalaya Post

यसरी बचौँ कोभिड–१९ संग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफसबाट 

गोरखा– पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित भेटिएका छन् । गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, ‘वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म स्क्रब टाइफसका २५ जना सङ्क्रमित पुष्टि भइसकेका छन् ।’ लामो समयसम्म ज्वारो आएर उपचारका गराउँदा पनि निको नभएपछि गाउँपालिकाका...

Read More

छाप्रामै थलिए राउटे

प्रकाश अधिकारी, कर्णाली–  चिसो भुइँमाथि पातलो खुइलिएको म्याट। बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै। ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्नेसमस्याले सताएको छ। अरूको सहाराबिना उठबस गर्न सक्दैनन्। फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरूको यो धारणा क्रमशः बदलिएको छ। कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे। बिमारले थलिएको धेरै भइसक्यो, औषधि-उपचार पाए हुन्थ्यो’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भने, ‘जीउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो कि...

Read More

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

सिन्ह्वा– अफगानिस्तानलाई सहयोग गर्न चीनले विश्व समूदायसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले उक्त आग्रह गरेका हुन् । अहिले अफगानिस्तानलाई सहयोग आवश्यक रहेको भन्दै बिङले आफ्नो चाहना र मोडेलमा नै सहयोग गर्न आग्रह गरे । हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उनले बताए । अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरूको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पुर्‍याउनु पर्ने बिङको धारणा छ । अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरू जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समूदायलाई आग्रह...

Read More

ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, शरद र आरिफ टिममा फर्किए

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान त्रिकोणात्मक सिरिजमा ओमानविरुद्धको दोस्रो खेलमा नेपालले पहिले बलिटिङ गर्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपाल र अमेरिकाबीचको खेल अपरान्ह ४ः१५ बजे सुरु हुँदैछ । नेपाली टोलीमा आज दुईवटा परिवर्तन गरिएको छ । शरद भेषावकर र आरिफ शेख अन्तिम ११ मा अटाएका छन् भने  कुशल मल्ल र गुल्सन झा बाहिरिएका छन् । यसअघि पहिलो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल आज जित निकाल्दै त्रिकोणात्मक सिरिजलाई सुखद अन्त्य गर्ने दाउमा रहेको छ । नेपालले सिरिजको पहिलो अमेरिकालाई ५ विकेटले हराएको...

Read More

खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण

खोटाङ– खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा वैभव मल्लिकले बताए । उनका अनुसार सङ्क्रमितमध्ये दुई जना जिल्ला अस्पतालमा र बाँकी पाँच जना आफ्नै घरमा चिकित्सकको सहयोगमा उपचार गराइरहेका छन् । ‘डेङ्गु रोगको अहिलेसम्म खास उपचार छैन ।...

Read More