काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानलाई ट्रयाकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रतिक्रिया दिँदै डा. भट्टराईले स्थायी सरकार बनाएर प्रतिगमनकारीलाई दण्डित गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर
– सर्वोच्चद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
– सर्वोच्चद्वारा ७ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश
– सर्वोच्चले भन्यो : धारा ७६ (५)मा दलको ह्वीप लाग्दैन
-सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस्: गगन थापा
संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलामा के-के छ ? (पूर्ण पाठ)

उनले भनेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिकरप्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक बधाइ–धन्यवाद ! अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ छैन। संविधानलाई ट्रयाकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊॅस प्रतिगमनकारीलाई दण्डित गरौं !’