Author: Himalaya Post

राष्ट्रपति भण्डारी र चिनीयाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु होङले आज शिष्टाचार भेट गरेकी छन् । राष्ट्रपति भवन, शीतलनिवासमा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको बताइएको छ...

Read More

निर्वाचन तयारीबारे आयोगसँग काँग्रेस पदाधिकारीको छलफल

काठमाडौँ– नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले आज आयोगमा पुगेर प्रमख आयुक्त डा अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो । काँग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो । सो अवसरमा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको सहभागिता, निर्वाचनमा आउन सक्ने चुनौती र ऐन कानुनमा देखिएको कमी कमजोरीबारे छलफल भएको रक्षामन्त्री खाँणले जानकारी दिए । छलफलमा उनीहरुबीच स्थानीय तहको...

Read More

हुवावेसँगको मुद्दा हारेपछि सामसुङले तिनुपर्ने भयो १२ करोड जरिवाना

दक्षिण कोरियाली स्मार्टफोन जाएन्ट सामसुङले प्याटेन्ट विवादमा झण्डै १२ करोड जरिवाना तिर्नुपर्ने भएको छ । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले सामसुङविरुद्ध हालेको मुद्दामा भएको फैसला अनुसार सामसुङले हुवावेको प्याटेन्ट अधिकार चोरी गरेको पुष्टि भएको हो । चीनको क्वान्झाउस्थित एक अदालतले हुवावेका विभिन्न स्मार्टफोन प्रविधि विना अनुमति नक्कल गरेर प्याटेन्ट अधिकारको हनन गरेको ठहर गरेको हो । अदालतले हुवाबेलाई सामसुङले ८ करोड चिनियाा युआन जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । सामसुङले आफ्ना २० भन्दा बढि मोडेलका स्मार्टफोन तथा ट्याबलेटमा अनुमति विना आफ्नो प्रविधि नक्कल गरेर कम्तीमा १० वटा प्याटेन्ट अधिकारको हनन गरेको आरोप लगाउँदै हुवाबेले गत मे महिना यता चीनको सेन्झेन...

Read More

विद्युत् नियमन आयोग विधेयक पेस

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गरेका छन् । विद्युत् चोरी निकासी गर्ने तथा अवैध काम गर्ने जोकोहीलाई पनि नियन्त्रण गर्न उक्त विधेयक पेस गर्दै मन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण आधारको रुपमा रहेको जलविद्युत् क्षेत्रको विकास गर्न सरकारले लामो छलफल र प्रयासपछि संसद्मा उक्त विधेयक प्रस्तुत गरिएको बताए । उनले सरकारले सातवटै प्रदेशमा नै ठूला र महत्वपूर्ण जलाशयुक्त आयोजना अगाडि बढाइएको र त्यसमा नेपाली लगानीलाई नै पहिलो प्राथमिकतामा राखिएको बताउँदै विद्युत् व्यापारलाई सरल, व्यवस्थित, पारदर्शी, सहज एवम् प्रतिस्पर्धी बनाउनका लागि स्वतन्त्र, स्वायत नियमन आयोग बनाउनका लागि विधेयक ल्याइएको जानकारी र्दिए...

Read More

काठमाडौँमा खुला क्षेत्र मासिएकामा संसदमा आपत्ति

काठमाडौँ– काठमाडौँ उपत्यका भूकम्पको उच्च जोखिम क्षेत्रमा रहेको थाहा हुँदाहुँदै पनि पुरानो बसपार्कमा बहुतले भवन निर्माणको स्वीकृति दिइएकामा व्यवस्थापिका–संसद्को आजको बैठकमा आपत्ति जनाइएको छ । संसद्को बैठकको विशेष समयमा सांसद भीमसेनदास प्रधानले उपत्यकावासीले खुला स्थान कायम राख्ने लक्ष्यका साथ बसपार्क बनाउन दिइएको स्थानमा व्यावसायिक भवन बनाउन दिइनु गलत भएको धारणा व्यक्त गरे ।उनले काठमाडौँको खुला स्थानमा सरकारी निकाय र जग्गा दलालले मनपरी तवरले व्यक्तिको नाममा दर्ता गराएको भन्दै एकाध वर्षमा यहाँ खुला स्थान नै नपाइने अवस्था सिर्जना हुने भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद प्रधानले खुला स्थानको अतिक्रमण नरोकिए काठमाडौँ उपत्यका सांसदले सार्वजनिक रुपमा नै प्रतिरोध गर्ने पनि बताए...

Read More