Author: Himalaya Post

मधेसवादी दलले जनतालाई अल्मल्याएको छः अध्यक्ष ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहलाई आज सम्बोधन गर्दै उनले भने– “देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन् ।” अध्यक्ष ओलीले “देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको तर एमालेले देशलाई पछाडि फर्काउन प्रयासलाई सफल हुन दिँदैन,” भन्दै देश गरिबी हुनु पर्ने कुनै कारण नभएको बताए । केही व्यक्तिका कारण देश गरिब भएको उल्लेख गर्दै उनले हिजोको जस्तो चुनौती आजका दिनमा नभएको...

Read More

निर्वाचन एकै चरणमा हुनुपर्ने काँग्रेसको अडान

काठमाडौँ – मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ भन्ने चर्चा चलिरहेका बेला नेपाली काँग्रेसले भने एकै चरणमा निर्वाचन हुनुपर्ने जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव लिन आज आयोजित पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताले सो धारणा राखेका हुन् । बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएको बताउँदै निर्वाचन एकै चरणमा र तोकिएकै मितिमै हुनुपर्ने धारणा राखेका थिए। केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादवले संशोधनमार्फत संविधानको स्वीकार्यता बढाएर एकै चरणमा निर्वाचन हुनुपर्ने धारणा...

Read More

अधिकार सम्पन्न स्थानीय तहलाई दूरदृष्टि भएको नेतृत्व आवश्यक

चितवन– अबको स्थानीय तह अधिकार सम्पन्न हुने हुँदा त्यसलाई सञ्चालन गर्न दूरदृष्टि राख्ने, व्यवस्थापकीय अनुभव भएको, शिक्षित व्यक्तित्व आवश्यक पर्ने पूर्व जनप्रतिनिधिले जनाएका छन् । तत्कालीन समयमा आफ्नो क्षेत्रमा स्रोत र साधन नहुँदा विभिन्न सिफारिस गर्ने, मालपोतको कर उठाउनेलगायतका सामान्य काममात्रै हुँदै आएकामा अहिले बनेको स्थानीय तह स्थानीयस्तरको सरकार नै भएको हुँदा राजनीतिक रुपमा खारिएको, व्यवस्थापकीय अनुभव सङ्गालेको व्यक्ति चाहिने उनीहरुले जनाएका हुन् । अब नेतृत्वले स्थानीय तहको कानुन बनाउनेदेखि जिल्लास्तरमा रहेका करिब दुई दर्जन सरकारी कार्यालयले गर्ने कामसमेत स्थानीय तहबाटै गर्नुपर्ने हुँदा त्यसलाई हाँक्न सक्ने व्यक्ति आवश्यक महशुस गरिएको हो । विसं २०४९ मा भएको स्थानीय निर्वाचनमा तत्कालीन...

Read More

अन्तिम २ बलमा स्मिथले छक्का हानेपछि पूणेद्वारा मुम्बई ७ विकेटले पराजित

काठमाडौँ– स्टिभन स्मिथको कप्तानी इनिङका कारण राइजिङ पूणे सुपरजायन्ट्सले आइपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बईले विजयका लागि राखेको १ सय ८५ रनको लक्ष्यलाई १ रन बाँकी रहँदा पूणेले पुरा गर्यो। जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला स्मिथले किरोन पोलार्डको चौथो र पाँचौ बलमा लगातार दुई छक्का प्रहार गर्दै पूर्णलाई जित दिलाए। भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पदस्थापन गरेर यसपालि स्मिथलाई कप्तानी दिइएको थियो। उनले ५४ बलमा ३ छक्का र ७ चौकाको सहयोगले अविजित ८४ रन बनाए। उनले अजिङ्क रहाणेसँग मिलेर दोस्रो विकेटका लागि ५८ रनको साझेदारी पनि गरेका थिए।...

Read More

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग

सिन्धुली– अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ जिल्ला कार्यसमितिले स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ । महिला सङ्घले पार्टीको जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख पदमा ३३ प्रतिशत महिलालाई निर्वाचनमा अनिवार्य टिकट दिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको महिला सङ्घका जिल्ला अध्यक्ष गङ्गा दाहालले बताइन् । स्थानीय तहमा महिला सहभागिता बढाउनका लागि वडामा दुईजना सदस्य र स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने...

Read More